हालै चाइना मिडिया ग्रुप अन्तर्गत सीजीटीएनबाट प्रसारण गरिएका सिनच्याङमा आतंकबाद विरोध सम्बन्धि २ वटा अँग्रेजी वृत्तचित्रमा हिंत्सामक तथा आतंकबाद एवं धार्मिक उग्रबादले सिनच्याङमा ल्याएको क्षतिलाई वास्तविक रूपमा प्रदर्शित गरेको छ। साथै पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन भन्ने आतंककारी संगठनले सिनच्याङमा गरेका अपमानजनक कुकर्महरूलाई पनि देखाइएको छ।
हालै अमेरिकी तल्लो सदनबाट तथाकथित ‘युगुर मानवअधिकार सम्बन्धी कानुनी मस्यौदा २०१९' पारित भएको छ र उग्रबाद तथा आतंकबादलाई हटाउने क्षेत्रमा चीनले गरिरहेको प्रयासमा हिलो छ्यापिएको छ।
युगुर स्वायत प्रदेशका विभिन्न जाति तथा क्षेत्रका सर्वसाधारणले युगुर स्वायत्त प्रदेशसम्बन्धी अमेरिकी कानुनले वास्तविकताको वेवास्ता गर्नुका साथै तथ्यालाई उल्टो पारेको ठहर लिएका छन्। उनीहरूको विचारमा बाह्य शक्तिले युगुर स्वायत प्रदेशको स्थिरता र एकीकृत विकासलाई भंग गर्न नसक्ने र युगर स्वायत्त प्रदेशको भविष्य अवश्य अझ सुन्दर हुनेछ।
डिसेम्बर ७ तारिख पाँचौं भूमध्य संवाद मञ्च इटलीको राजधानी रोममा पूरा भएको छ। चीन सरकारमा यूरोपेली मामिलाका विशेष प्रतिनिधि ऊ हुङपोले मञ्चमा भाग लिनुभएको छ।
डिसेम्बर ७ तारिख बिहान चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवं केन्द्रीय समितिको बैदेशिक मामिला कार्यालयका प्रमुख याङ चे छले अमेरिकी विदेश मन्त्री माइकल पोम्पेओसँग टेलिफोन वार्ता गर्नुभयो।