अमेरिकाले २९ वटा चिनियाँ कम्पनीलाई तथाकथित सिन्च्याङसम्बन्धी बिलको वास्तविक सूचिमा राखेकोमा चीनद्वारा गम्भीर आपत्ति
अमेरिकाले २९ वटा चिनियाँ कम्पनीलाई तथाकथित सिन्च्याङसम्बन्धी बिललाई वास्तविक सूचिमा राखेको छ। नोभेम्बर २६ तारिख चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले यसबारे पत्रकारको प्रश्नको जवाफ दिएका छन्।
ती प्रवक्ताकाअनुसार, अमेरिकाको कदम वास्तविक रूपमा आधारविहीन छ। अमेरिकाले मानव अधिकारको निहुँमा आधिपत्य जमाउने प्रयास गरेको छ। चीनले यसको कडा निन्दा र विरोध गर्दछ र अमेरिकासँग गम्भीर आपत्ति जनाएको छ।
चीनले जबर्जस्तीको कडा विरोध गरेको छ। सिन्च्याङमा तथाकथित “जबरजस्ती श्रम” छैन। अमेरिकाले कुनै पनि प्रमाण नभएको अवस्थामा राष्ट्रिय ऐनअनुसार र चिनियाँ कम्पनीले सिन्च्याङबाट सामग्री खरीद गरेको वा सिन्च्याङबाट कर्मचारी भर्ती गरेको कुराअनुसार नाकाबन्दी लगाएको, सिन्च्याङका सर्वसाधारणको आधारभूत मानव अधिकारको गम्भीर रुपमा उल्लंघन गरेको, सम्बन्धित उद्योग-व्यवसायको वैधानिक हितमा हानी पुर्याएको, विश्वआपूर्ति श्रृंखलाको स्थिरता तथा सुरक्षालाई भंग गरेको छ।