सी चिनफिङद्वारा “प्यालेस्टाइनी जनताप्रति अन्तर्राष्ट्रिय ऐक्यवद्धता स्मृति” सम्मेलनलाई शुभाकामना सन्देश
नोभेम्बर २६ तारिख संयुक्त राष्ट्र संघले “प्यालेस्टाइनी जनताप्रति अन्तर्राष्ट्रिय ऐक्यवद्धता स्मृति” सम्मेलनको आयोजना गरेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ।
सी चिनफिङले प्यालेष्टिनी समस्या मध्य-पूर्व समस्याको केन्द्र भएको र अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायसित सम्बन्धित विषय रहेको बताउनुभयो। उहाँले हाल मुख्य काम संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको सम्बन्धित निर्णय-प्रस्तावलाई चौतर्फी र प्रभावकारी रुपमा कार्यान्वयन गर्नु र यथाशीघ्र युद्धविराम गराउनु रहेको पनि बताउनुभयो।
सी चिनफिङले चीनले प्यालेष्टिनी जनताले राष्ट्रिय वैधानिक अधिकारलाई पुनःशुरू गर्ने न्यायिक कार्यको समर्थन दिएको भन्दै प्यालेष्टाइनलाई संयुक्त राष्ट्र संघको औपचारिक मामिला मुलुक बन्नका लागि समर्थन दिएको कुरामा जोड दिनुभयो।