नेपाली

अमेरिकाले गाजा युद्धविरामबारे एकल भिटो प्रयोग गरेपछि सुरक्षा परिषद पंगुः चिनियाँ प्रतिनिधि

criPublished: 2024-11-26 11:14:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार नोभेम्बर २५ तारिख बिहान संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले प्यालेष्टाइन र इजरेलबीचको समस्याबारे सम्मेलनको आयोजना गरेको थियो। संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय प्रतिनिधि फु छुङले सम्बोधन गर्दै गत साता अमेरिकाको एकल भिटोका कारण गाजा क्षेत्रको युद्धविरामलाई अगाडि बढाउनका लागि सुरक्षा परिषदले गरेको प्रयासमा अवरोध गरिएको कुरा बताउनुभयो। उहाँले सुरक्षा परिषदले छिटो रुपमा आवश्यक कारवाही गर्नुपर्ने कुरा बताउनुभयो।

चीनले शर्तरहित दीर्घकालीन युद्धविरामलाई तुरुन्तै अगाडि बढाउनुपर्ने, युद्धविराम जीवन बचाउने आधारभूत आवश्यकता हो भन्दै कुनै पनि समस्यासित जोड्न नमिल्ने कुरामा जोड दिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn