नेपाली

स्याउः शुभकामनासहित खुशीको फल

CRIPublished: 2024-11-26 16:26:36
Share
Share this with Close
Messenger Pinterest LinkedIn

"यो स्याउ कति राम्रो छ! स्वादिलो र रसिलो!” नेपालका लोकप्रिय गायक एवं अभिनेता जिबेश गुरूङले चिनियाँ सिन्च्याङको आखसु क्षेत्रस्थित एउटा स्याउ बगैंचामा हाँगाबाट टिपेको स्याउको स्वाद चाखेपछि यस्तो कुरा बताउनुभयो।

स्थानीय स्याउ बगैंचाको जिम्मेवार व्यक्तिकाअनुसार, आखसुबाट उत्पादित स्याउ चीनमा मात्र होइन, अमेरिका, क्यानाडा, रूस, मलेसिया लगायत देश र क्षेत्रमा पनि बिक्री गरिन्छ।

आखसु क्षेत्रमा समृद्ध र अनुकूल बीउको छनौट गर्ने, विज्ञान र प्रविधिबाट स्याउको गुणस्तर सुधार गर्ने र वैज्ञानिक रोपाइँ व्यवस्थापन विधिको प्रयोग गर्ने लगायत जानकारी पाएपछि नेपाल रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश पौडेलले जतिसक्दो चाँडो उन्नत रोपाइँ प्रविधि र व्यवस्थापन विधि नेपालमा भित्र्याएर नेपाली किसानहरूलाई लाभ पुर्याउने आशा व्यक्त गर्नुभयो।

त्यसका साथै तिब्बतमा एक-अर्को रसिलो स्याउ रूखका हाँगबाट टिपिएको छ। नोभेम्बर १५ तारिख तिब्बती शाननान शहरीय चानाङ जिल्लाबाट ३० टन स्याउ बोकेका दुईवटा गाडी आधिकारिक रुपमा नेपाल निर्यात गर्न थालिएको छ। यो अप्रिलमा तिब्बती निङ्ची शहरको स्याउ नेपाल निर्यात भएयता दक्षिण एसियामा तिब्बती फलफूल फेरि एकपटक सुगन्धित भएको हो। यो लेख पढेका केही नेपालीहरूले ती स्याउको स्वाद चाखिसकेको विश्वास गरिन्छ।

आजकल चीनले विज्ञान र प्रविधि, गुणस्तर र ब्रान्डको बाटोमा हिँड्दै ग्रामीण पुनरुत्थानलाई व्यापक रूपमा बढाइरहेको छ। कृषि क्षेत्र नै गहन रुपमा अगाडि बढिरहेको छ। सिन्च्याङ युगुर स्वायत्त प्रदेश र सिचाङ अर्थात् तिब्बत स्वायत्त प्रदेशमा स्याउ उद्योगको विकास नै चीनको कृषि आधुनिकीकरणको एक सूक्ष्म रूप मात्र हो।

चिनियाँ संस्कृतिमा, स्याउलाई फु क्वो अर्थात् सौभाग्य फूल पनि भनिन्छ। यसको शान्ति र खुशीको अर्थ छ, आशावादी र सौहार्दपूर्ण सम्बन्धको प्रतीक पनि हो। आशा छ कि नेपालमा निर्यात गरिएको स्याउले नेपाली उपभोक्ताहरूलाई पनि शान्ति र सद्भावको आनन्दको अनुभूति गराउन सक्छ र कृषिको विकासले दुई देशका धेरै भन्दा धेरै मानिसहरूलाई फाइदा पुर्याउन सक्छ।

Share this story on

Messenger Pinterest LinkedIn