नेपाली

लागू-पदार्थ निषेधबारे अमेरिकाको भनाईप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताको टिप्पणी

criPublished: 2024-11-27 09:54:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले नोभेम्बर २६ तारिख लागू-पदार्थको निषेधबारेमा अमेरिकाको भनाईबारे पत्रकारको प्रश्नको जवाफ दिएका छन्।

पत्रकारले सोधेअनुसार, अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा चीनसँग फेन्टानिल आदि लागू-पदार्थ विषयबारे छलफल गरेको तर कुनै पनि प्रगति नभएको, धेरै लागू-पदार्थ अमेरिकामा प्रवेश भएका कारण अमेरिकाले चीनबाट आयातित सबै सामानलाई थप १० प्रतिशतको भन्सार कर असुल्ने कुरा बताउनुभयो। यसबारे चीनको विचार के छ?

चिनियाँ परराष्ट्र प्रवक्ताका अनुसार, चीन विश्वभरि लागू-पदार्थ निषेध नीतिमा सबैभन्दा गम्भीर हुने मुलुकहरूमध्येको एक हो। फेन्टानिल अमेरिकाको समस्या हो। मानवीय भावनामा चीनले अमेरिकालाई फेन्टानिलको सामना गर्नका लागि समर्थन दिएको छ। चीनले अमेरिकासँग लागू-पदार्थ विषयमा व्यापक र गहिरो सहयोग गरेको छ र स्पष्ट उपलब्धि हासिल गरेको छ।

ती प्रवक्ताले चीनले समान र पारस्परिक हित र समानताको आधारमा अमेरिकासँग निरन्तर रुपमा लागू-पदार्थ कार्यमा सहयोग गर्ने आशा लिएको पनि बताए।

Share this story on

Messenger Pinterest LinkedIn