नेपाली

#अल्पसंख्यक जाति# भूअरअवस्थित चिङमाइ पहाडको चिया बगान सँस्कृतिको दृश्य गैरभौतिक साँस्कृतिक सम्पदामा सूचिकृत

criPublished: 2023-09-19 09:00:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल ४५ औं विश्व सम्पदा बैठक साउदी अरबको रियादमा आयोजित भयो। १७ तारिख बैठकमा चिनियाँ भूअरअवस्थित चिङमाइ पहाडको चिया बगान सँस्कृतिको दृश्य जेखाजोखाको पारित भएर गैरभौतिक साँस्कृतिक सम्पदामा सूचिकृत भएको छ। त्यसैले यो चीनको ५७ औं विश्व सम्पदा बनेको छ।

भूअरअवस्थित चिङमाइ पहाडको चिया बगान सँस्कृतिको दृश्य चिनियाँ युननान प्रान्तीय भूअर शहरीय लानछाङ लाहु जातीय स्वायत्त जिल्लामा पर्दछ। लगभगभ दशौं शताब्दीमा बुलाङ जातीय पूर्वजहरू अरू क्षेबाट चिङमाइ पहाडमा सारेर जंगली चिया रूख पत्ता लगाउनुका साथै चिनेका थिए। उनीहरू र त्यसपछि त्यहाँ सारेका थाइ जातीयहरूलगायत विभिन्न जातियहरूले वनको पर्यावरणीय वातावरणको प्रयोग गरेर वननजिकै चिया रोप्ने प्रविधिको अनुसन्धान गरेका थिए। हजारौं वर्षको विकास तथा सुरक्षामा तत्स्थान वन र चिया बगान, मानव र वन क्षेत्र मिलेको विशेष साँस्कृतिक दृश्य सिर्जना भएको छ।

हाल भूअरअवस्थित चिङमाइ पहाडको चिया बगान सँस्कृतिको दृश्य पूर्ण रूपमा सुरक्षित मानवबाट रोपिएको प्राचीन चिया बगानको प्रतिनिधि हो। यत्र ५ प्राचीन चिया बगान, ९ प्राचीन गाउँ र ३ विभाजन वनद्वारा गठित भएको हो। यो चिनियाँ कृषि सभ्यताको बुद्धि चम्किनुका साथै मानव र प्रकृतिबीच सकारात्मक अन्तरक्रिया तथा दिगो विकासको नमूना पनि हो।

४५औं विश्व सम्पदा बैठकले यसरी मूल्याकन गरेको छ-

भूअरअवस्थित चिङमाइ पहाडको चिया बगान सँस्कृतिको दृश्य विश्व सम्पदाको मापदण्डसित अनुकुल भएको छ। यो प्राचीन चिया बगानको विशेष सुरक्षा तथा व्यवस्था प्रणालीले स्थानीय जलवायुको, भूगोल तथा वन- जनावर समुदायलाई पूर्ण रूपमा सम्मान गरेको छ, सँस्कृति तथा जैविक विविधताको सुरक्षा र प्राकृतिक श्रोतको दिगो प्रयोग गरेको छ। प्राकृतिक श्रोतको आपसी आपूर्ति प्रयोगमा पहाडी क्षेत्रमा बुलाङ जाति, थाइ जातिलगायत विभिन्न जातीय बासिन्दाहरूको विशेष परम्परा देखाएको छ। साइट चयन, ढाँचा र आर्किटेक्चरल शैलीमा गाउँ र परम्परागत भवनले पनि पर्यावरणीय वातावरण बुझाइ र प्रयोग देखाएका छन्।

12全文共 2 页下一页

Share this story on

Messenger Pinterest LinkedIn