साझा विकासबाट राम्रो र समृद्ध संसारको निर्माण
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १३ देखि २१ तारिखसम्म पेरूको लिमामा एपेकको ३१औँ नेतागणको अनौपचारिक सम्मेलन र ब्राजिलको रियो दि जेनेरियोमा जी २० नेता समूहको १९औँ शिखर सम्मेलनमा उपस्थित हुनुभएको छ। सो अवसरमा विभिन्न द्वीपक्षीय तथा बहुपक्षीय कार्यक्रममा “साझा विकास” मुख्य विषय बनेको छ।
१६ तारिख बिहानको एपेक ३१औँ नेताको अनौपचारिक सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले "युगको जिम्मेवारी बाँडफाँड र एशिया-प्रशान्तको विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने" शीर्षकको महत्त्वपूर्ण सम्बोधन गर्नुभएको छ। उहाँले हाल विश्वको परिवर्तन तीव्र गतिमा भइरहनुका साथै एसिया तथा प्रशान्त सहयोगसमक्ष भूराजनीति, बढ्दो एकपक्षीयता र संरक्षणवाद जस्ता चुनौतीको सामना गरिरहेको व्यक्त गर्नुभयो। इतिहासमा उभिएर एसिया-प्रशान्त क्षेत्रका विभिन्न मुलुकले एकताबद्ध, सहकार्य, जिम्मेवारी लिएर एसिया-प्रशान्त भाग्य समुदायको निर्माणलाई प्रवर्द्धन गरेर एसिया-प्रशान्त विकासको नयाँ युग सिर्जना गर्न प्रयास गर्नुपर्ने दोहोर्याउनुभयो।
सो दिन दिउँसो अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग वार्ता गर्दै सी चिनफिङले ठूला देशबीचको प्रतिस्पर्धालाई युगको पृष्ठभूमि बनाउनुहुँदैन भन्दै एकता र सहकार्यले मात्रै कठिनाइलाई पार गर्न सकिने दोहोर्याउनुभयो। "अनहुकिंग र चेन तोड्ने" समाधान होइन केवल पारस्परिक लाभकारी सहयोगले मात्र साझा विकास हुने व्यक्त गर्नुभयो। "साना आँगन र अग्लो पर्खाल" ठूला मुलुकका कार्य होइनन् केवल खुलापन र साझेदारीले मात्र मानवजातिलाई फाइदा पुर्याउन सकिने पनि सी चिनफिङले बताउनुभयो।