नेपाली

साझा विकासबाट राम्रो र समृद्ध संसारको निर्माण

criPublished: 2024-11-22 08:34:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

१८ तारिख बिहान सी चिनफिङले जी २० नेताको १९औँ शिखर सम्मेलनमा "साझा विकासको न्यायपूर्ण संसारको निर्माण" शीर्षकमा महत्त्वपूर्ण सम्बोधन गर्नुभयो। उहाँले विश्वका ठूला शक्तिका नेताका हैसियतले दृष्टिकोणलाई अस्पष्ट बनाउने बादलदेखि नडराउनु पर्ने भन्दै साझा भविष्य समुदायको भावनालाई जोगाएर ऐतिहासिक जिम्मेवारी काँधमा राखी ऐतिहासिक प्रगतिलाई प्रवर्द्धन गर्नुपर्ने कुरामा जोड दिनुभयो। साझा विकासको न्यायपूर्ण संसार निर्माण गर्न, गरिबीलाई विगतको कुरा बनाउन र सुन्दर दर्शनलाई वास्तविकता बनाउन सबै पक्षसँग मिलेर काम गर्न चीन इच्छुक रहेको पनि सीले बताउनुभयो।

हाल विश्व उथलपुथल र परिवर्तनको नयाँ युगमा प्रवेश गरेको छ भने विश्व अर्थतन्त्रको खण्डीकरण तीव्र भएको छ र आर्थिक भूमण्डलीकरणले प्रतिधाराको सामना गरेको छ। आर्थिक भूमण्डलीकरण सामाजिक उत्पादक शक्तिको विकासका लागि एक वस्तुगत आवश्यकता र वैज्ञानिक तथा प्राविधिक प्रगतिको अपरिहार्य माध्यम बन्न पुगेको छ। केही वर्षयता चीनले क्रमिक रूपमा बेल्ट एण्ड रोड इनिसिएटिभ र मानव भाग्य समुदायको अवधारणा प्रस्ताव गरेको छ जुन विश्वव्यापीकरणसँग मेल खान्छ। भूमण्डलीकरणमा चीनको उत्कृष्ट प्रदर्शनले चीन राष्ट्रको उदय र पुनरुत्थानको लागि उज्ज्वल सम्भावना मात्र सिर्जना गरेको छैन थप विकासोन्मुख देशहरू र साना तथा मझौला आकारका विकसित देशहरूलाई भूमण्डलीकरणबाट विश्वभरका मानिसलाई फाइदा पुऱ्याउन सकिने देखाएको छ। नेपालका प्रख्यात राजनीतिक अर्थशास्त्री कल्यान रोकाले सीएमजीलाई अन्तर्वार्ता दिँदै भन्नुभएको छ, चीनको उच्च गुणस्तरीय विकासले एसिया तथा प्रशान्तलाई अर्को “सुनौलो तीस वर्ष” हासिल गर्न मात्र नभई नेपाललगायत विश्वको विकासलाई नयाँ गति दिने विश्वास छ।

१४ तारिख, चीन-पेरु उच्च गुणस्तरको बेल्ट एण्ड रोड इनिसिएटिभ सहयोगको प्रमुख परियोजनाको रूपमा रहेको चान्काइ बन्दरगाहको उद्घाटन समारोह चीन र पेरुका राष्ट्रानायकहरू साक्षीको रूपमा रहेर आयोजना गरिएको छ। बन्दरगाहको निर्माणले क्षेत्रीय इन्टर्कनेक्शन र चीन-ल्याटिन अमेरिका व्यापारिक सम्बन्धलाई प्रवर्द्धन गर्नुका साथै ल्याटिन अमेरिका र क्यारिबियनको समग्र विकास र एकीकरणलाई पनि अघि बढाउनेछ। चान्काइ बन्दरगाहमा राखिएको “सबैका बन्दरगाह, सबैका लागि बन्दरगाह” भन्ने नारा पनि “साझा विकास”को उत्कृष्ट फुटनोट बनेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn