नेपाली

दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला एक्स्पोको प्रदर्शनीमा सहभागी विदेशी व्यापारीहरूको संख्यामा वृद्धि

criPublished: 2024-11-25 15:08:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला एक्स्पो नोभेम्बर २६ तारिखदेखि ३० तारिखसम्म आयोजना हुने भएको छ। हाल प्रदर्शनी मण्डपको तयारी कार्य भैरहेको छ। पहिलोलो एक्स्पोका तुलनामा दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला एक्स्पोले उच्च अन्तर्राष्ट्रियकरण स्तर देखाउने छ।

हालसम्म ६९ वटा मुलुक तथा अन्तर्राष्ट्रिय संगठनका करीब ७०० वटा व्यापारी मण्डपमा प्रवेश भइसकेको छ। १०० वटा मुलुक तथा क्षेत्रका दर्शकहरूले उक्त एक्स्पोको अवलोकन गर्न दर्ता गरेका छन्।

थाहा भएअनुसार, दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला एक्स्पोको प्रदर्शनीमा सहभागी विदेशी व्यापारीहरूको अनुपात पहिलेको २६ प्रतिशतबाट बढेर ३२ प्रतिशत पुगेको छ। यूरोप र अमेरिकाका व्यापारीहरूको अनुपात ५० प्रतिशत पुगेको छ। विश्वका सबैभन्दा शक्तिशाली पाँच सय उद्योग-व्यवसायहरूको संख्याको अनुपात ६० प्रतिशतभन्दा बढी पुगेको छ।

Share this story on

Messenger Pinterest LinkedIn