नेपाली

पूर्वाधार आयोजना थपिन्छन्, थपिँदैन बजेट

CRIPublished: 2024-09-14 15:46:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कोशी करिडोर

०६५/६६ बाट निर्माण थालिएको यस सडकको कुल दूरी १ सय ६२ किमि छ । तेह्रथुमको वसन्तपुरदेखि उत्तरी सिमाना किमाथांका जोड्ने गरी यसको निर्माण थालिएको हो । ०८०/८१ मा आयोजना सकिने भनिएको थियो । यो समयमा काम नसकिएपछि ०८३/८४ सम्म म्याद थपिएको छ । प्रगति ३७ प्रतिशत मात्र छ । यसको सुरु लागत अनुमान ५ अर्ब १५ करोड रुपैयाँ रहेकामा संशोधन गरेर १६ अर्ब २० करोड रुपैयाँ पुर्‍याइएको छ । अहिलेसम्म ५ अर्ब ५८ करोड रुपैयाँ खर्च भइसकेको छ । खाँदबारी–किमाथांकाको च्याम्ताङ–घोङघप्पा खण्डमा ट्र्याक खोल्ने काम सेनाले गरिरहेको छ । १ सय ६२ किमिमध्ये १०.५१ किमि खण्डमा सेनाले ट्र्याक खोलिरहेको छ । अहिलेसम्म च्याम्ताङदेखि मौरीभीरसम्मको ८.५ किमि ट्र्याक खोल्ने काम सकिएको छ ।

कालीगण्डकी करिडोर

यस आयोजनालाई दुई खण्डमा विभाजन गरेर काम गरिएको छ । नवलपरासीको गैंडाकोटदेखि पर्वतको मालढुंगा खण्डको निर्माण ०६६/६७ बाट थालिएको हो । यो खण्डको समग्र प्रगति ६६ प्रतिशत छ । यसको दूरी २ सय ४५ किमि छ । ०८०/८१ मा निर्माण सक्नुपर्ने थियो । काम नसकिएपछि ०८४/८५ सम्मका लागि म्याद थपिँदै छ । यस खण्डको सुरु लागत अनुमान २० अर्ब रुपैयाँ हो । संशोधन गरेर २५ अर्ब रुपैयाँ पुर्‍याइएको छ ।

आयोजनाको दोस्रो खण्ड मालढुंगा–बेनी–जोमसोम–कोरला हो । ०७३/७४ बाट मालढुंगादेखि मुस्ताङको कोरलासम्मको सडक निर्माण सुरु भएको हो । यसको दूरी २ सय २ किमि छ । ०८०/८१ भित्र सडक निर्माण सक्नुपर्ने हो । अहिलेसम्म यसको प्रगति ७२ प्रतिशत छ । सुरु लागत अनुमान ९ अर्ब ६५ करोड रुपैयाँ हो । संशोधित लागत १० अर्ब ३५ करोड रुपैयाँ छ । ०७२ सालमा चीनसँग कोरला नाका जोड्ने गरी यो सडकको निर्माण थालिएको हो । आयोजनाका अनुसार अहिलेसम्म दुबै खण्डमा समग्र खर्च १९ अर्ब र प्रगति ५५ प्रतिशत छ ।

首页上一页...234567全文 7 下一页

Share this story on

Messenger Pinterest LinkedIn