नेपाली

पूर्वाधार आयोजना थपिन्छन्, थपिँदैन बजेट

CRIPublished: 2024-09-14 15:46:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आयोजनाको समग्र भौतिक प्रगति ७४.३६ प्रतिशत मात्र छ । २० अर्ब ५ करोड ३० लाख रुपैयाँ खर्च भइसकेको छ । आयोजना सुरु गर्दा लागत अनुमान १२ अर्ब ३७ करोड रुपैयाँ थियो । नेपाल सरकारको लगानीअन्तर्गत इन्टेक, लम्की विस्तारअन्तर्गतको १४.६५ किमि मूल नहर तथा संरचना निर्माण सकिइसकेको छ । ४.७१ मेगावाटको हाइड्रोपावर निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनामा नेपाल सरकारको १७ अर्ब ५६ करोड ७२ लाख र विश्व बैंकको ९ अर्ब ९५ करोड ५१ लाख लगानी छ । यसको अनुमानित लागत २७ अर्ब ७० करोड रुपैयाँ हो ।

महाकाली सिँचाइ आयोजना

यो आयोजना निर्माण थालेको दुई दशक पुग्नै लाग्दा प्रगति २२.१८ प्रतिशत छ । ०६३/६४ सालमा आयोजना सुरु गर्दैगर्दा यसको लागत अनुमान ३५ अर्ब २ करोड ६४ लाख रुपैयाँ थियो । आयोजना सुरु भएयता ८ अर्ब २ करोड ५ लाख रुपैयाँ खर्च भइसकेको छ । कञ्चनपुरमा सतह सिँचाइबाट २८ हजार २ सय २५ र भूमिगत सिँचाइबाट ५ हजार २ सय ६५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने यसको मुख्य लक्ष्य हो । यसअनुसार ब्रह्मदेव, मालाखेती, दोधारा चाँदनी, त्रिभुवन बस्तीमा सिँचाइ सुविधा पुग्नेछ । संशोधित कार्यतालिकाअनुसार ०८६/८७ सम्म आयोजना सम्पन्न हुने दाबी गरिएको छ ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना

यो आयोजना ०६८/६९ मा सुरु भई ०७९/८० मा सकिनुपर्ने हो । अहिलेसम्म भौतिक प्रगति ६५.८ प्रतिशत मात्र छ । तर अझै ३४.२ प्रतिशत काम बाँकी छ । गुरुयोजनाअनुसार काम थप भएकाले ०८४/८५ मा काम सकिने आयोजनाले जनाएको छ । आयोजनाको सुरु लागत अनुमान १६ अर्ब ४३ करोड हो । बाँध तथा पावरहाउस, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्यलगायतका थप कार्यहरूको खर्च समावेश गरी संशोधित लागत अनुमान ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ छ । अहिलेसम्म १६ अर्ब ८७ करोड ३८ लाख रुपैयाँ खर्च भइसकेको छ । आयोजना सम्पन्न भएपछि बबई नदीमा उपलब्ध हुने थप पानीबाट बबई हेडवर्क्स उपयोग गर्दै बर्दिया र बाँके जिल्लाका करिब ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने छ । भेरी नदीबाट ४० क्युमेक पानी बबई नदीमा लगिने र ४६.८ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

首页上一页123456...全文 7 下一页

Share this story on

Messenger Pinterest LinkedIn