नेपाली

पूर्वाधार आयोजना थपिन्छन्, थपिँदैन बजेट

CRIPublished: 2024-09-14 15:46:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कर्णाली करिडोर

यस आयोजनाको निर्माण ०६५/६६ बाट सुरु भएको हो । अहिलेसम्म समग्र प्रगति १० प्रतिशत छ । आयोजना सुरु गर्दा ०७० सालभित्र काम सक्ने भनिएको थियो । पछि समय थपेर ०७९/८० पुर्‍याइयो । अहिले समय थपेर ०८४/८५ पुर्‍याइएको छ । यो सडकको सुरु लागत अनुमान ४ अर्ब १० करोड रुपैयाँ रहेकामा संशोधन गरेर २९ अर्ब पुर्‍याइएको छ । खुलालु–सलीसल्ला र हिल्सा–सिमकोट–सलिसल्ला खण्डमा नेपाली सेनाले काम गरिरहेको छ । कालीकोटको खुलालुदेखि सिमकोट हुँदै हिल्सासम्मको कर्णाली करिडोरको दूरी २ सय ६९ किमि छ । यसमध्ये २ सय ४६ किमिमा सडक विभाग र २२.५ किमिमा सेनाले काम गरिरहेका छन् ।

हुम्लाको लालीबगर–दुल्लीकुना खण्डको ११ किमिमा ट्र्याक खोल्ने काम सेनाले सकेको छ । कालीकोट–बाजुरा जोड्ने घाटपारीचौर–बद्री गाउँ–भुक्काखोलाको ११.५ किमि खण्डमध्ये कालीकोटमा १.५ र बाजुरामा ३.५ किमि ट्र्याक खोल्ने काम सकिएको छ । ६.०५ किमि ट्र्याक खोल्न बाँकी छ । कर्णाली करिडोरमा अहिलेसम्म सडक विभागबाट २ अर्ब २६ करोड र नेपाली सेनाबाट ५३ करोड ३७ लाख रुपैयाँ खर्च भइसकेको छ ।

काठमाडौं–तराई/मधेश द्रुतमार्ग

बहुप्रतीक्षित काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रगति ३५.३८ प्रतिशत छ । ०७४ जेठबाट सेनाले यसको निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको हो । ०८०/८१ भित्र काम नसकिने देखिएपछि ०८३ चैतमसान्त सम्म म्याद थप भएको छ । काठमाडौंलाई तराई–मधेशसँग जोड्ने गरी यसको निर्माण थालिएको हो । यो मार्ग बनेपछि एक घण्टा दुई मिनेटमा काठमाडौंबाट बाराको निजगढ पुग्न सकिन्छ ।

फास्ट ट्र्याकको कुल दूरी ७०.९७७ किमि हो, जसमध्ये ६४.४७ किमिको मात्र ठेक्का भएको छ । खोकना खण्डको ६.५ किमि खण्डमा ठेक्का हुन सकेको छैन । सेनाका अनुसार कुल सडकमध्ये १०.३० किमि सुरुङ र १२.८८ किमि पुलको दूरी पर्छ । यसको सुरु लागत अनुमान १ खर्ब ११ अर्ब रुपैयाँ थियो, पछि संशोधन गरेर १ खर्ब ७५ अर्ब रुपैयाँ पुर्‍याइएको हो । फेरि संशोधन गरेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ बनाइएको छ । अहिलेसम्म ६७ अर्ब ९ करोड रुपैयाँ खर्च भइसकेको छ ।

首页上一页...34567全文 7 下一页

Share this story on

Messenger Pinterest LinkedIn