नेपाली

पूर्वाधार आयोजना थपिन्छन्, थपिँदैन बजेट

CRIPublished: 2024-09-14 15:46:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना

०७३/७४ बाट सुरु भएको यस आयोजनाको प्रगति अन्यको तुलनामा केही सन्तोषजनक देखिन्छ । सुरु सम्झौताअनुसार ०८२/८३ यसको भित्र निर्माण सक्नुपर्ने हो । अहिलेसम्म यसको निर्माण प्रगति ३४.४० प्रतिशत छ । ०८५/८६ भित्र आयोजना सम्पन्न हुने जनाइएको छ । आयोजनाको सुरु लागत अनुमान ४६ अर्ब १९ करोड ३९ लाख रुपैयाँ रहेकामा संशोधन गरेर ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ पुर्‍याइएको छ ।

१३.०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनामा अहिलेसम्म १५ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । यसको निर्माणपछि वाग्मती सिँचाइ योजनाको सिञ्चित क्षेत्रसहित बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषाको १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ ।

मध्यपहाडी राजमार्ग

यो राजमार्गको निर्माण थालेको १७ वर्ष भयो । अहिलेसम्म प्रगति ७७.३२ प्रतिशत छ । सरकारले ०६४/६५ मा मात्र मध्यपहाडका २६ जिल्लाका २ सय १५ बस्ती जोड्ने भन्दै यो आयोजना सुरु गरेको थियो । यो आयोजना सकिएपछि १ करोड जनता लाभान्वित हुने अनुमान छ । पूर्वको पाँचथरस्थित चिवाभन्ज्याङबाट पश्चिमको बैतडीस्थित झुलाघाटसम्म दुई लेन कालोपत्र सडक बनाउने लक्ष्यअनुसार काम थालिएको हो । १ हजार ८ सय ७९ किमिमध्ये ४ सय ६२ किमि सडक अन्य आयोजनाअन्तर्गत पर्छ । आयोजनाबाट ९ सय ५५ र अन्य निकायबाट ४ सय ६२ किमि सडक कालोपत्र भइसकेको छ । आयोजनाको सुरु लागत अनुमान ३३ अर्ब ३६ करोड रुपैयाँ हो । संशोधित लागत अनुमान ८४ अर्ब ३३ करोड रुपैयाँ छ । अहिलेसम्म ६८ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ । ०८४/८५ सम्म यसको म्याद थप गरिएको छ ।

हुलाकी राजमार्ग

०६६/६७ बाट निर्माण थालिएको हुलाकी राजमार्गको हालसम्मको प्रगति ६६.९१ प्रतिशत छ । यसको निर्माण ०७९/८० भित्र सकिसक्नुपर्ने हो । यस अवधिमा काम नसकिएपछि ०८०/८१ सम्म समय थप गरियो । फेरि ०८३/८४ सम्म समय थपिएको छ । आयोजना सम्पन्न गर्न १ खर्ब १ अर्ब ९३ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । आयोजना सुरु भएयता १ हजार २ सय ३२ किलोमिटर सडक कालोपत्र भएको छ । आयोजना सुरु भएयता ६३ अर्ब ९० करोड रुपैयाँ खर्च भइसकेको छ । यस राजमार्गको दूरी १ हजार ८ सय ५७ दशमलव ४२ किमि छ । यसमध्ये ८ सय ८२.४२ किमि सहायक मार्ग पर्छ ।

首页上一页1234567全文 7 下一页

Share this story on

Messenger Pinterest LinkedIn