नेपाली

पूर्वाधार आयोजना थपिन्छन्, थपिँदैन बजेट

CRIPublished: 2024-09-14 15:46:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बबई सिँचाइ आयोजना

यो आयोजना आर्थिक वर्ष ०४५/४६ बाट सुरु भएको हो । सम्झौताअनुसार ०६९/७० भित्र निर्माण सकिसक्नु पर्ने हो । तर, संशोधित कार्यतालिकाअनुसार ०८२/८३ सम्ममा सम्पन्न गर्ने लक्ष्य थियो । यस अवधिमा पनि काम नसकिने देखेपछि ०८५/८६ सम्म सकिने आयोजनाको दाबी छ । यसको सुरु लागत अनुमान २ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ हो । अहिले लागत संशोधन गरेर १८ अर्ब ९६ करोड ३० लाख रुपैयाँ पुर्‍याइएको छ । आयोजना सकिएपछि बर्दियाको पूर्वमा २१ हजार र पश्चिममा १५ हजार गरी ३६ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुग्नेछ ।

सिक्टा सिँचाइ आयोजना

यो आयोजना सुरु भएको दुई दशक हुन लाग्यो । प्रगति ५० प्रतिशत कट्न सकेको छैन । ०६२/६३ मा आयोजना सुरु गर्दै गर्दा ०७१/७२ भित्र निर्माण सक्ने भनिएको थियो । फेरि समय थपेर ०७७/७८ सम्म पुर्‍याइयो । आयोजना सुरु भएको १९ वर्षमा प्रगति ४२ प्रतिशत मात्र छ । यसको संशोधित कार्यतालिकाअनुसार ०८४/८५ सम्ममा काम सक्ने लक्ष्य राखिएको थियो । यस अवधिमा काम नसकिने देखिएपछि ०८९/९० भित्र भने काम सकिने आयोजनाको दाबी छ । यसको सुरु लागत अनुमान १२ अर्ब ८० करोड रुपैयाँ थियो । पछि संशोधन गरेर ५२ अर्ब ८९ करोड रुपैयाँ पुर्‍याइएको छ । अहिलेसम्म २१ अर्ब ४८ करोड रुपैयाँ खर्च भइसकेको छ । गुरुयोजना संशोधन भएसँगै बजेट पनि संशोधन भएको आयोजनाले जनायो । आयोजना पूरा भएपछि बाँकेको ४२ हजार ७ सय ६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना

यो आयोजना पनि ०६६/६७ सालबाटै सुरु भएको हो । सुरु सम्झौताअनुसार ०७४/७५ मा सकिनुपर्ने थियो । यसको निर्माण गर्नुको मुख्य उद्देश्य रानीजमरा कुलरिया सिँचाइ प्रणालीको १४ हजार ३ सय हेक्टर, नयाँ शाखा नहर लम्की विस्तारबाट ६ हजार र सिञ्चित क्षेत्र विस्तारअन्तर्गत पथरैयादेखि कान्द्रा नदीसम्मको १८ हजार गरी कैलालीको ३८ हजार ३ सय हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउनु हो ।

首页上一页12345...全文 7 下一页

Share this story on

Messenger Pinterest LinkedIn