नेपाली

पाठ चौध

criPublished: 2014-01-28 10:43:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः पाउ

वर्षाः "ल" सहायक शब्द हो। चिनियाँ भाषामा क्रियाले कुनै कालको अर्थ दिंदैन। "ल" भन्ने शब्दको प्रयोग गर्दा यो क्रियाकलाप पूरा भइसकेको वा हुनलागेको अर्थ बुझिन्छ। सामान्यतया वाक्यमा यसले सहायक शब्दको भूमिका खेल्दछ। उदाहरणका लागि, वो ठ् पाउ ल। यस वाक्यमा "ल" भन्ने सहायक शब्दले क्रियाकलाप पूरा भइसकेको अर्थ बुझाएको छ।

कमलः ल

वर्षाः वो ठ् पाउ ल।

कमलः "वो ठ् पाउ ल"। - "म टन्न भएँ"।

वर्षाः अब फेरि दोहर्‍याएर सिकौं। "म टन्न भएँ" लाई चिनियाँ भाषामा "वो ठ् पाउ ल" भन्नुपर्छ।

कमलः वो ठ् पाउ ल।

वर्षाः "यो साँच्चिकै धेरै मीठो रहेछ"। लाई चिनियाँ भाषामा "ट्रन त हेन हाउ ठ्" भन्नुपर्छ।

कमलः ट्रन त हेन हाउ ठ्। "ट्रन त" को अर्थ "साँच्चिकै" हो।

वर्षाः " हाउ ठ्" – "मीठो"

कमलः हाउ ठ्

वर्षाः यदि तपाईंले "खानाको स्वाद कस्तो छ?" भनेर सोध्नचाहने हो भने तपाईं यसरी भन्नसक्नुहुन्छ- वै ताउ चन मो याँग?

कमलः वै ताउ चन मो याँग?

वर्षाः "वै ताउ" – "स्वाद"

कमलः वै ताउ

वर्षाः यदि रेष्टुराँमा खाना खाने मानिसहरुको भीड भएको हुनाले तपाईंले कुर्नुपर्‍यो। "कति बेर कुर्नुपर्ने" भन्ने कुरा तपाईंलाई थाहापाउन मन लाग्यो भने चिनियाँ वैटरलाई कसरी सोध्नुपर्छ, थाहा छ?

कमलः वो मन याओ तङ त्वो च्यौ?

वर्षाः ठीक। "तङ" – "कुर्नु"

कमलः तङ

वर्षाः "त्वो च्यौ" – "कति बेर"

कमलः त्वो च्यौ

वर्षाः "वो मन याओ तङ त्वो च्यौ?"

कमलः वो मन याओ तङ त्वो च्यौ? – "हामीले कति बेर कुर्नुपर्ने?"

वर्षाः अन्तिम वाक्यः "कृपया एकछिन कुर्नुहोस्" लाई चिनियाँ भाषामा "छिन नी मन तङ यी व्है अर" भन्नुपर्छ।

कमलः छिन नी मन तङ यी व्है अर।

वर्षाः "यी व्है अर" – "एकछिन"

कमलः यी व्है अर

वर्षाः यस पाठको पूर्ण वार्तालाप यस प्रकार छ-

वार्तालाप एक

महिलाः छिंग नी मन तङ यी व्है।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn