पाठ चौध
पुरुष र महिलाः वो मन याओ तङ त्वो च्यौ?
महिलाः ता काई पान श्याओ श् पा।
वार्तालाप दुइ
महिलाः वै ताउ चन मो याँग?
पुरुषः ट्रन त हेन हाउ ठ्।
महिलाः हाइ याओ तेन शन मो?
पुरुषः शे शे, वो ठ् पाउ ल।
वार्तालाप तीन
महिलाः वो ठ् पाउ ल।
पुरुषः वो ये श्। ट्र ली त छाई ट्रन त हेन हाउ ठ्।
वर्षाः भर्खरै हामीले यस पाठको पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नुहुने आशा हामीले लिएका छौं। अब हामी आजको "चिनियाँ संस्कृतिका एक-दुइ कुरा"तिर लागौं।
चिनियाँ संस्कृतिका एक झलकः चिनियाँ चिया र कफी
चिनियाँहरु सधैं नै "चिया र कफी" द्बारा "चीन र पश्चिम"को संस्कृतिको वर्णन गर्दछन्। चियाले पूर्वको प्रतिनिधित्व गर्दछ भने कफीले पश्चिमको। चियाको मुहान चीन नै हो। अहिलेसम्म चीयाको इतिहास करिब पाँच हजार वर्ष पुगिसकेको छ। कैयन हजार वर्षदेखि यता चिया चिनियाँहरुलाई निकै मनपर्ने "पेय पदार्थ" हो। चीनका दक्षिणी भाग र पूर्वी भागको मौसम चिया लगाउन एकदमै सुहाउँदो भएको हुँदा लामो कालसम्म ती क्षेत्रहरुमा चियाको प्रशस्त उत्पादन हुँदैआएको छ। साथै दीर्घकालीन चिनियाँ चिया संस्कृतिका साथसाथै प्राचीन रेशमी बाटोमार्फत एशिया र यूरोपका मुलुकहरुमा निकासी गरिएको छ। आज आएर धेरै मुलुकमा चिया भन्ने शब्द बोल्दा चिनियाँ भाषामा "ठ्रा"को उच्चारणको प्रयोग गरिएको छ।
तर चीनमा उत्पादिन कफी त्यति नामी छैन। हुन त सन् 1935 मा नै चीनमा प्रथम कफी प्रशोधन कारखाना स्थापित भैसकेको थियो। तर पनि बीसौं शताव्दीको असीको दशकको मध्यतिर पुगेपछि मात्र चिनियाँहरुले पानीमा छिट्टै पग्लिने पाकेट कफीको स्वाद लिनथालेका थिए।
वर्षाः हवस त, आजको कक्षा यहीं समाप्त भयो। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न छोड्नचाहन्छु। "म टन्न भएँ।" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?
कमलः तपाईंहरुलाई यस प्रश्नको सही उत्तर थाहा छ भने हामीलाई आफ्नो जवाफ पठाउनुहोला। हाम्रो ठेगाना हो-
Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपाल
वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।
कमलः म कमल लम्सालको पनि नमस्कार। चाई चेन।