पाठ चौध
बफे खाने
वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।
कमलः नमस्कार सबैलाई। म कमल लम्साल। अघिल्लो पाठमा हामीले चिनियाँ रेष्टुराँमा धेरै स्वादिला तरकारीहरु खाएका थियौं। यहाँनिर मेरो विचारमा हामीले सिकेका केही मुख्य वाक्यहरु दोहर्याउनुपर्छ। ती वाक्यहरु हाम्रा लागि पछि काम लाग्नेछन।
वर्षाः हजुर। हामी यसै वाक्यबाट शुरु गरौं- तपाईंकहाँ विशेष तरकारी के छ? नी मन यौ शन मो थ स छाई?
कमलः नी मन यौ शन मो थ स छाई?
वर्षाः "यौ" – "छ"
कमलः यौ
वर्षाः "शन मो" – "के"
कमलः शन मो
वर्षाः "थ स छाई" – "विशेष तरकारी"
कमलः थ स छाई
वर्षाः नी मन यौ शन मो थ स छाई? तपाईंकहाँ विशेष तरकारी के छ?
कमलः नी मन यौ शन मो थ स छाई? तपाईंकहाँ विशेष तरकारी के छ?
वर्षाः "नी श्यू याओ ताउ ठ्रा मा?" "तपाईंलाई चक्कु र काँटा चाहिन्छ?"
कमलः नी श्यू याओ ताउ ठ्रा मा?
वर्षाः "श्यू याओ" को अर्थ "चाहिनु" हो।
कमलः श्यू याओ
वर्षाः "ताउ ठ्रा" अर्थात "चक्कु र काँटा" हो।
कमलः ताउ ठ्रा
वर्षाः नी श्यू याओ ताउ ठ्रा मा?
कमलः नी श्यू याओ ताउ ठ्रा मा? तपाईंलाई चक्कु र काँटा चाहिन्छ?
वर्षाः यदि तपाईंले चिनियाँहरुलाई कालो चिया खाने कि नखाने भनेर सोध्नचाहने हो भने यसरी भन्न सक्नुहुन्छः छिंग वन नी याओ होंग ठ्रा मा?
कमलः छिंग वन नी याओ होंग ठ्रा मा?
वर्षाः "छिंग वन" – "कृपया म सोधुँ"
कमलः छिंग वन
वर्षाः होंग ठ्रा
कमलः "होंग ठ्रा" – "कालो चिया"
वर्षाः छिंग वन नी याओ होंग ठ्रा मा?
कमलः "छिंग वन नी याओ होंग ठ्रा मा?" –"तपाईंलाई कालो चिया चाहिन्छ कि?"
वर्षाः अन्तिम वाक्यः वो मन ए ए ट् पा।
कमलः वो मन ए ए ट् पा।
वर्षाः "ए ए ट्" – "भाग बाँडेर तिर्ने"
कमलः ए ए ट्
वर्षाः वो मन ए ए ट् पा।