पाठ तीन
वर्षाः 'श तुओ शाउ'।
कमलः 'श तुओ शाउ'।
वर्षाः 'नि त तेन ह्वा हाउ मा'।
कमलः 'नि त तेन ह्वा हाउ मा'।
वर्षाः 'नि त तेन ह्वा हाउमा श तुओ शाउ'।
कमलः'नि त तेन ह्वा हाउ मा श तुओ शाउ'।
वर्षाः अब एक पटक फेरि वार्तालाप सुनौं।
कमलः माफ गर्नुहोला, वर्षाजी। माथिको वार्तालापमा मैले थुप्रै अङ्कहरु भएको जवाफ सुनें। त्यसको अर्थ के हो?
वर्षाः राम्रो प्रश्न। अब म तपाईंलाई यसको व्याख्या गर्छु। सुन्नालाई चिनियाँ भाषामा लिङ भनिन्छ।
कमलः लिङ
वर्षाः अनि एक दुइ तीनलाई चिनियाँ भाषामा यी आर सान भनिन्छ।
कमलः यी आर सान। अनि चार पाँच छलाई नि?
वर्षाः चार पाँच छलाई स उ ल्यू भनिन्छ।
कमलः स उ ल्यू।
वर्षाः अब सातलाई के भन्ने भन्दा छी भन्ने।
कमलः छि। अनि चिनियाँ भाषामा आठ र नौलाई के भनिन्छ नि?
वर्षाः आठ र नौलाई पा र च्यू भनिन्छ।
कमलः पा र च्यू। अनि यदि हामीले यी दुइवटा अङ्कलाई अघि-पछि पारिदियौं भने, जस्तै 'च्यू पा'। के अर्थ लाग्छ?
वर्षाः त्यसको अर्थ बार भन्ने हुन्छ। यो पूर्ण रुपेण अर्कै अर्थ भयो।
कमलः मैले यस कुरालाई सम्झनुपर्ला।
वर्षाः ठीक छ। अब हामीसङ्ग दशको अङ्क मात्र बाँकी छ। यसलाई चिनियाँ भाषामा के भन्ने?
कमलः दशलाई श् भन्ने।
वर्षाः कति चलाख तपाईं त! फेरि एक पटक, सुन्नालाई चिनियाँ भाषामा लिङ भनिन्छ। एकलाई चिनियाँ भाषामा यी, दुइलाई आर, तीनलाई सान, चारलाई स, पाँचलाई उ, छलाई ल्यू, सातलाई छी, आठलाई पा, नौलाई च्यू र दशलाई श भनिन्छ। आउनुहोस, यसलाई फेरि दोहर्याऔं।
वर्षा+कमलः लिङ, यी, आर, सान, स, उ, ल्यू, छी, पा, च्यू र श।
वर्षाः गजब। राम्रो शुरुवात। आगामी दिनहरुमा हामी अरु ठूला अङ्कहरुको उच्चारण गर्न सिक्ने क्रमलाई जारी राखौंला।
कमलः अब आउनुहोस, आजको सम्पूर्ण वार्तालाप सुनौं।
वार्तालाप एकः
कः 'ट्र श व त मै मै'- यिनी मेरी बहिनी। आज यीनको जन्म दिन हो।