नेपाली

पाठ तीन

criPublished: 2014-01-28 10:35:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नमस्कार सबैलाई। ता च्या हाव।"दैनिक जीवनको चिनियाँ भाषा"मा सबैलाई नमस्कार। म यस कार्यक्रम सञ्चालिक वर्षा।

कमलः ता च्या हाव। म कमल लम्साल।

वर्षाः गत पाठमा हामीले चिनियाँ भाषामा 'धन्यवाद' कसरी भन्ने जस्ता अभिव्यक्तिहरु सिकेका थियौं।

कमलः चिनियाँ भाषामा धन्यवाद भन्नुपर्दा 'शे शे'अथवा'शे शे निन'भन्नुपर्छ।

वर्षाः ठीक छ। अनि चिनियाँ भाषामा 'केही छैन'भन्नुपर्दा नि?

कमलः 'पु युङ शे'भन्ने।

वर्षाः अनि चिनियाँ भाषामा माफ गर्नुहोस है भन्नुपर्दा 'त्वै पु छि'भन्नुपर्छ।

कमलः 'त्वै पु छि'।

वर्षाः कसैले 'त्वै पु छि'भनेपछि नम्रतापूर्वक त्यसको जवाफमा भन्ने वाक्याङ्श के हो, तपाईंले सम्झिरहनुभएको छ कि?

कमलः मैले सम्झिरहेको छु, त्यति बेला 'मै क्वान शी'अथवा 'मै शर'जे भने पनि हुन्छ।

वर्षाः एकदम ठीक भन्नुभयो। यी अभिव्यक्तिहरुलाई राम्रोसङ्ग सम्झिराख्नका लागि, आउनुहोस, ती वार्तालापहरु एक पटक फेरि सुनौं।

पूरा वार्तालापः

कः 'फै ठ्राङ कान शे कान्सिए४'- धेरै-धेरै धन्यवाद।

खः 'पु युङ शे - पर्दैन।

कः माफ गर्नुहोला। 'त्वै पु छि'।

खः केही छैन। मै क्वान शी।

गः माफ गर्नुहोला। 'त्वै पु छि'।

घः 'मै शर'- माफी माग्नुपर्दैन।

वर्षाः अँ त यो गत पाठको सिंहावलोकन थियो। अर्थात भनौं हामीले गत पाठमा सिकेका कुराहरु दोहर्‍याएर सिक्यौं। अब आजको पाठतिर लागौं।

कमलः अवश्य लागौं। सर्वप्रथम, अब हामी आजको पाठ-योजनालाई नियालौं।

आजको पाठ-योजना

कः ट्रु नि शङ१ र ख्वाइ ल। जन्म दिनको शुभकामना!

खः कान पै – चियर्स।

गः नि त तेन ह्वा हाउ मा श् तो शाउ? तपाईंको टेलिफोन नम्बर के हो?

वर्षाः अँ त, अहिले हामी एकजना साथीको जन्म दिनको भोजमा सरिक हुँदैछौं।

कमलः मलाई यो विचार एकदम मन पर्‍यो। जन्म दिनको भोजमा गएको बेला नेपाली भाषामा हामी 'जन्म दिनको शुभकामना!'भन्नेगर्छौं।

वर्षाः चिनियाँ भाषामा तपाईंले'ट्रु नि शङ र ख्वाइ ल!' भन्नुपर्छ।

वर्षाः 'ट्रु' भनेको शुभकामना हो।

कमलः ट्रु

वर्षाः "नि" भनेको तिमी हो, तपाईंहरुलाई थाहै छ।

कमलः नि

वर्षाः "शङ र" को अर्थ जन्म दिन हुन्छ।

वर्षाः वास्तवमा 'शङ' भनेको जन्मनु हो। अनि 'र'भनेको दिन हो। यसैले यी दुइवटा शब्द- 'शङ'अनि 'र' लाई सँगै राखेपछि यसले जन्म दिनको अर्थ दिन्छ।

कमलः शङ र

वर्षाः 'ख्वाइ ल!'को माने खुशी हो।

कमलः 'ख्वाइ ल!'

वर्षाः आउनुहोस, अब हामी यस वाक्यलाई मन्द गतिमा एक पटक फेरि सुनौं। 'ट्रु नि शङ र ख्वाइ ल!'

वर्षाः एकदम राम्रो। 'ट्रु नि शङ र ख्वाइ ल!'भनेपछि प्रत्युत्तरमा'शे शे'अर्थात धन्यवाद भनिन्छ जुन हामीले यस अघि नै सिकिसकेका छौं।

कमलः 'ट्रु नि शङ र ख्वाइ ल!'

वर्षाः अब हामी दैनिक जीवनमा गरिने वार्तालाप सुनौं, कसो?

कमलः राम्रो विचार! सुनौं।

कमलः एक्कै छिन, वर्षाजी। अंग्रेजी भाषामा 'ह्यापी वर्थ डे टु यु' भनेर जन्म दिनका बेला गाएको मैले सुनेको छु। चिनियाँ भाषामा पनि यस्तैगरी गाउने चलन छ कि?

वर्षाः गजब! यस्तो चलन छ। आउनुहोस, सुनौं।

कमलः शान्त!

'ट्रु नि शङ र ख्वाइ ल!'

वर्षाः सामान्यतया, जन्म दिनका उपलक्ष्यमा हामी यस्ता भोजहरुको आयोजना प्रायजसो गर्छौं र साथीहरुसँगै मिलेर यसलाई मनाउँछौं।

कमलः राम्रो। अनि त्यति बेला रक्सी पनि खाइन्छ। रक्सीको गिलास हातमा लिएर 'रमाऔं' भन्ने अर्थमा चियर्स भन्ने चलन छ। चिनियाँ भाषामा यसलाई कसरी भनिन्छ नि?

वर्षाः यसलाई चिनियाँ भाषामा 'कान पै' भनिन्छ।

वर्षाः 'कान' भनेको सुख्खा हो।

कमलः कान।

वर्षाः अनि 'पै'भनेको गिलास हो।

कमलः 'पै'- गिलास।

वर्षाः 'कान पै'।

कमलः 'कान पै'।

वर्षाः अब यस्तै वास्तविक परिस्थितिमा भएको वार्तालाप सुनौं।

कमलः अँ, मैले कुरा बुझें। 'कान पै!'भनेपछि त्यसको प्रतिउत्तरमा पनि 'कान पै!'नै भन्ने है न त? खाली दोहर्‍याउने मात्र। सजिलै छ।

वर्षाः एकदमै ठीक। 'कान पै!'

कमलः अब हामी एक पटक फेरि यो वार्तालाप सुनौं र उनिहरुको खुशीमा सहभागी बनौं, कसो?

वर्षाः ठीक छ। सुनौं –

कमलः भोजको अन्त्यमा हामीले भोजमा आएका साथीहरुलाई विदा गर्नुपर्छ। नयाँ साथीहरुसङ्ग रि सम्पर्क गर्नका लागि तपाईंलाई उनिहरुको फोन नं‌. आवश्यक पर्नसक्छ। यस्तो बेला ती नयाँ साथीको टेलीफोन नं. कति हो भनेर सोध्नुपर्दा चिनियाँ भाषामा कसरी भन्ने?

वर्षाः यसका लागि तपाईंले 'नि त तेन ह्वा हाउ मा श तुओ शाउ३'भन्नुपर्छ।

कमलः 'नि त तेन ह्वा हाउ मा श तुओ शाउ'। यो वाक्य भेला लागि अलिक लामो भयो। कृपया तपाईं यसलाई शब्द-शब्द गरिकन ब्याख्या गरिदिनुहुन्छ कि?

वर्षाः अवश्य। 'नि त'भनेको तिम्रो अथवा तपाईंको हो।

कमलः 'हाउ मा'।

वर्षाः अब यस वाक्यलाई टुक्रा-टुक्रा पारेर सङ्सङ्गै सिकौं। 'नि त तेन ह्वा हाउ मा'-तपाईंको टेलिफोन नम्बर।

वर्षाः अब एक पटक फेरि, पूरै वाक्य मन्द गतिमाः 'नि त तेन ह्वा हाउ मा श तुओ शाउ'।

कमलः 'नि त तेन ह्वा हाउ मा श तुओ शाउ'।

वर्षाः ठीक छ। अब हामी एक पटक फेरि वार्तालाप सुनौं, र हेरौं, तपाईं शब्दहरु बुझ्नसक्नु हुन्छ कि हुन्न।

कमलः त्यसोभए म प्रयास गर्छु।

वर्षाः भन्नुहोस।

कमलः माफ गर्नुहोला। यस वार्तालापमा बोल्ने मानिसले छिटो-छिटो बोलेका छन। मैले सबै टिप्न सकिन।

वर्षाः चिन्ता नगर्नुहोस। आउनुहोस, एक पटक फेरि यस वाक्यलाई टुक्य्राएर हेरौं।

कमलः एकदम राम्रो।

वर्षाः 'नि त'भनेको तिम्रो अथवा तपाईंको हो।

कमलः 'नि त'।

वर्षाः 'तेन ह्वा'भनेको टेलिफोन हो।

कमलः 'तेन ह्वा'।

वर्षाः 'हाउ मा'भनेको नम्बर हो।

कमलः 'हाउमा'।

वर्षाः 'तेन ह्वा हाउ मा'- टेलिफोन नम्बर।

कमलः 'तेन ह्वा हाउ मा'।

वर्षाः चिनियाँ भाषामा कति हो भन्नुपर्दा 'श तुओ शाउ'भनिन्छ। 'श तुओ शाउ'।

वर्षाः अब आउनुहोस, हामी सँगै यस वाक्यलाई दोहर्‍याएर पढौं र यसलाई छुट्ट्याएर पनि हेरौं। 'नि त तेन ह्वा हाउ मा'-तपाईंको टेलिफोन नम्बर।

वर्षाः 'श तुओ शाउ'।

कमलः 'श तुओ शाउ'।

वर्षाः 'नि त तेन ह्वा हाउ मा'।

कमलः 'नि त तेन ह्वा हाउ मा'।

वर्षाः 'नि त तेन ह्वा हाउमा श तुओ शाउ'।

कमलः'नि त तेन ह्वा हाउ मा श तुओ शाउ'।

वर्षाः अब एक पटक फेरि वार्तालाप सुनौं।

कमलः माफ गर्नुहोला, वर्षाजी। माथिको वार्तालापमा मैले थुप्रै अङ्कहरु भएको जवाफ सुनें। त्यसको अर्थ के हो?

वर्षाः राम्रो प्रश्न। अब म तपाईंलाई यसको व्याख्या गर्छु। सुन्नालाई चिनियाँ भाषामा लिङ भनिन्छ।

कमलः लिङ

वर्षाः अनि एक दुइ तीनलाई चिनियाँ भाषामा यी आर सान भनिन्छ।

कमलः यी आर सान। अनि चार पाँच छलाई नि?

वर्षाः चार पाँच छलाई स उ ल्यू भनिन्छ।

कमलः स उ ल्यू।

वर्षाः अब सातलाई के भन्ने भन्दा छी भन्ने।

कमलः छि। अनि चिनियाँ भाषामा आठ र नौलाई के भनिन्छ नि?

वर्षाः आठ र नौलाई पा र च्यू भनिन्छ।

कमलः पा र च्यू। अनि यदि हामीले यी दुइवटा अङ्कलाई अघि-पछि पारिदियौं भने, जस्तै 'च्यू पा'। के अर्थ लाग्छ?

वर्षाः त्यसको अर्थ बार भन्ने हुन्छ। यो पूर्ण रुपेण अर्कै अर्थ भयो।

कमलः मैले यस कुरालाई सम्झनुपर्ला।

वर्षाः ठीक छ। अब हामीसङ्ग दशको अङ्क मात्र बाँकी छ। यसलाई चिनियाँ भाषामा के भन्ने?

कमलः दशलाई श् भन्ने।

वर्षाः कति चलाख तपाईं त! फेरि एक पटक, सुन्नालाई चिनियाँ भाषामा लिङ भनिन्छ। एकलाई चिनियाँ भाषामा यी, दुइलाई आर, तीनलाई सान, चारलाई स, पाँचलाई उ, छलाई ल्यू, सातलाई छी, आठलाई पा, नौलाई च्यू र दशलाई श भनिन्छ। आउनुहोस, यसलाई फेरि दोहर्‍याऔं।

वर्षा+कमलः लिङ, यी, आर, सान, स, उ, ल्यू, छी, पा, च्यू र श।

वर्षाः गजब। राम्रो शुरुवात। आगामी दिनहरुमा हामी अरु ठूला अङ्कहरुको उच्चारण गर्न सिक्ने क्रमलाई जारी राखौंला।

कमलः अब आउनुहोस, आजको सम्पूर्ण वार्तालाप सुनौं।

वार्तालाप एकः

कः 'ट्र श व त मै मै'- यिनी मेरी बहिनी। आज यीनको जन्म दिन हो।

खः 'ट्रु नि शङ र ख्वाइ ल!'- तपाईंलाई जन्म दिनको शुभकामना!

गः शे शे – धन्यवाद।

वार्तालाप दुइः

कः 'कान पै!'- चियर्स।

खः 'कान पै!'

वार्तालाप तीनः

कः 'नि त तेन ह्वा हाउ मा श तुओ शाउ'।

खः 'याओ आर सान स उ ल्यू छि पा'- एक दुइ तीन चार पाँच छ सात आठ।

वर्षाः अबको पालो चिनियाँ संस्कृतिबारेमा संक्षिप्त जानकारीको।

कमलः चीनमा मानिसहरुको उमेर सोध्नु सामान्य कुरा हो। मानिसहरुको सोचाइमा, यस्तो प्रकारको प्रश्नले अरुप्रतिको आफ्नो चासो अथवा भनौं रुचीप्रति संकेत गर्दछ। उदाहरणका लागि, चिनियाँहरु एकजना प्रौढलाई 'निन काउ शौ अर्थात'तपाईंको उमेर के अथवा तपाई कति वर्षको हुनुभयो?'भनेर सोध्नसक्छन। र यस्तो प्रश्नले प्रौढ नागरिकहरुप्रति एक प्रकारको सम्मान प्रकट गरेको मानिन्छ। आजकल बढीभन्दा बढी पुरुष र महिला आ-आफ्नो काममा व्यस्त हुन्छन। र त्यसैले उनिहरुसङ्ग प्रेमी अथवा प्रेमिका खोज्ने समय कम हुन्छ। तिनीहरु आफ्नो आर्थिक-सामाजिक जीवनमा ज्यादै सफल हुनसक्छन, तर उनिहरु पारीवारिक जीवनमा निकै असफल देखिन्छन। त्यसैले आफ्नो जीवन साथी भेट्टाउनका लागि उनिहरुले आफ्ना बाबु-आमाका तर्फबाट ठूलै दवाउको सामना गर्नुपरिरहेको हुन्छ। त्यसैले कुनै-कुनै बेला यिनीहरु आफ्नो उमेरप्रति निकै संवेदनशील हुनपुग्दछन। त्यसैले उनीहरु निकै घनिष्ट मित्र नबनिसकुञ्जेल एक-अर्काको उमेर नसोध्नु नै वेश हुन्छ।

वर्षाः अँ त, अब हामी आजको कार्यक्रमको अन्त्यतिर आइपुग्यौं। सधैं झैं आज पनि हामीले तपाईंहरुका लागि एउटा प्रश्न ल्याएका छौं।

कमलः प्रश्न छ, चिनियाँ भाषामा 'जन्म दिनको शुभकामना!'कसरी भन्ने?

वर्षाः यदि तपाईंलाई यस प्रश्नको उत्तर थाहा छ भने, तपाईं त्यो उत्तर हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 मा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला।

आजलाई चाइ चेन।

Share this story on

Messenger Pinterest LinkedIn