नेपाली

पाठ पन्ध्र

criPublished: 2014-01-28 10:44:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः याँग रौ

वर्षाः "ठ्वान" यहाँ संख्यात्मक शब्द हो। त्यसको अर्थ नेपाली भाषामा "झुप्पो" "समूह" वा "उनिएको" भन्ने हो।

कमलः ठ्वान

वर्षाः याँग रौ ठ्वान

कमलः "वो शी व्हान ठ् याँग रौ ठ्वान"। - "मलाई खसीको सेकुवा मनपर्छ"।

वर्षाः "शी व्हान" – "मन पर्नु"

कमलः शी व्हान

वर्षाः "ठ्" - "खानु"

कमलः ठ्

वर्षाः "याँग रौ ठ्वान" – "खसीको सेकुवा"

कमलः याँग रौ ठ्वान

वर्षाः "मलाई खसीको सेकुवा खान मनपर्छ"। - "वो शी व्हान ठ् याँग रौ ठ्वान"।

कमलः वो शी व्हान ठ् याँग रौ ठ्वान।

कमलः खसीको सेकुवा भन्दासाथ खसीको मासु सेकाएर बनाइएको खानेकुरा भन्ने कुरा प्रष्ट छ। त्यसो भए अरु खानेकुरा नि, जस्तै भनौ‍ म मभित्र के हालिएको छ त? "यसभित्र के हो?" भनेर चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः ए, यो सजिलो छ। तपाईं यसरी भन्नसक्नु हुन्छ- ट्र ली मेन श् शन मो?

वर्षाः "ट्र" – "यो"

कमलः ट्र

वर्षाः "ली मेन" – "भित्र"

कमलः ली मेन

वर्षाः "श्" – "हो"

कमलः श्

वर्षाः "शन मो" – "के"

कमलः के

वर्षाः "ट्र ली मेन" को अर्थ "यसभित्र"

कमलः ट्र ली मेन

वर्षाः "श् शन मो" – " के छ"

कमलः श् शन मो

वर्षाः ट्र ली मेन श् शन मो?

कमलः "ट्र ली मेन श् शन मो?" – "यसभित्र के छ?"

कमलः आहा, हामीलाई धेरै तिर्खा लाग्यो। म मेरा चिनियाँ साथीलाई "हामी पेय पदार्थ किन्न जा‌औं" भनेर भन्नचाहन्छु। यसलाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ, मलाई भनिदिनुहुन्छ कि?

वर्षाः केही समस्या छैन। तपाईं यसरी भन्नसक्नुहुन्छ- वो मन छ्यु माई तेन यिन ल्याओ पा।

वर्षाः "वो मन" – "हामी"

कमलः वो मन

वर्षाः "छ्यु" – "जानु"

कमलः छ्यु

वर्षाः "माई" – "किन्नु"

कमलः माई

वर्षाः "तेन" भन्ने अक्षरको अर्थ "विन्दु" हो। तर यस वाक्यमा यसको अर्थ "अलिकति वा केही" भन्ने हो।

कमलः तेन

कमलः यिन ल्याओ

वर्षाः "पा" सहायक शब्द हो।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn