नेपाली

पाठ पन्ध्र

criPublished: 2014-01-28 10:44:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भट्टी पसलका खाना खाने

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल।

वर्षाः पहिले झैं हामी अघिल्लो पाठमा सिकेका महत्वपूर्ण वाक्यहरु दोहर्‍याएर सिकौं, अनि त्यसपछि त्यस पाठको पूरा वार्तालाप सुनौं।

कमलः हवस्। अब शुरु गरौं। "कृपया एकछिन कुर्नुहोस्" लाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षाः छिंग नी मन तङ यी व्है अर।

कमलः छिंग नी मन तङ यी व्है अर।

वर्षाः ठीक। "हामीले कति बेर कुर्नुपर्छ" लाई चिनियाँ भाषामा "वो मन याओ तङ त्वो च्यौ?" भन्नुपर्छ।

कमलः वो मन याओ तङ त्वो च्यौ?

वर्षाः "तङ" – "कुर्नु"

कमलः तङ

वर्षाः त्वो च्यौ

कमलः त्वो च्यौ

वर्षाः वो मन याओ तङ त्वो च्यौ?

कमलः "वो मन याओ तङ त्वो च्यौ?" - "हामीले कति बेर कुर्नुपर्छ?"

वर्षाः "खानाको स्वाद कस्तो छ?"लाई चिनियाँ भाषामा "वै ताउ चन पो याँग?" भन्नुपर्छ।

कमलः खानाको स्वाद कस्तो छ?

वर्षाः "वै ताउ" – "स्वाद"

कमलः वै ताउ। "साच्चिकै मीठो छ" - "ट्रन त हेन हाउ ठ्।

वर्षाः ट्रन त हेन हाउ ठ्। "ट्रन त" – "साँच्चिकै"

कमलः ट्रन त

वर्षाः " हाउ ठ्" – "मीठो"

कमलः हाउ ठ्।

वर्षाः "म टन्न भएँ" – "वो ठ् पाउ ल"।

कमलः वो ठ् पाउ ल। अब हामी पूरा वार्तालाप सुनौं।

महिलाः छिंग नी मन तङ यी व्है।

पुरुष र महिलाः वो मन याओ तङ त्वो च्यौ?

महिलाः ता काई पान श्याओ श् पा।

महिलाः वै ताउ चन मो याँग?

पुरुषः ट्रन त हेन हाउ ठ्।

महिलाः हाइ याओ तेन शन मो?

पुरुषः शे शे, वो ठ् पाउ ल।

महिलाः वो ठ् पाउ ल।

पुरुषः वो ये श्। ट्र ली त छाई ट्रन त हेन हाउ ठ्।

कमलः अघिल्लो पाठमा सिकेका कुरा दोहर्‍याउने क्रम आजका लागि यत्ति नै। अब आजका मुख्य विषयतिर लागौं।

नी मन शी व्हान ठ् ला त मा?

1234...全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn