पाठ पन्ध्र
वो शी व्हान ठ् याँग रौ ठ्वान।
ट्र ली मेन श् शन मो?
वो मन छ्यु माई तेन यिन ल्याओ पा।
कमलः अघिल्लो पाठको "चिनियाँ संस्कृतिका एक-दुइ कुराहरु" भन्ने भागमा हामीले स् छ्वान र हू नान आदि ठाउँका तरकारीहरु एकदमै पीरा हुन्छन भनेका थियौं। तर मलाई अचम्म लागेको कुरा के हो भने, पैचिंगमा पनि धेरै केटीहरुलाई पीरो खान मनपर्दो रहेछ। त्यसैले "तपाईंहरुलाई पीरो खान मनपर्छ?" भनेर सोध्नुपर्यो भने चिनियाँ भाषामा कसरी सोध्ने भन्ने कुरा थाहापाउनु अति जरुरी छ।
वर्षाः ए, म तपाईंलाई सहयोग गर्नसक्छु। तपाईं यसरी सोध्नसक्नु हुन्छ- नी मन शी व्हान ठ् ला त मा?
कमलः नी मन शी व्हान ठ् ला त मा?
वर्षाः "नी मन" – "तिमीहरु वा तपाईंहरु"
कमलः नी मन
वर्षाः " ला त" – "पीरो"
वर्षाः "मा" सहायक शब्द हो।
कमलः मा
कमलः "नी मन शी व्हान ठ् ला त मा?"- "तपाईंहरुलाई पीरो खान मन पर्छ?"
वर्षाः अब वार्तालाप एक सुनौं-
कमलः यस वाक्यलाई झन् राम्ररी सम्झनका लागि यसलाई फेरि दोहर्याएर सिक्नु आवश्यकता छ।
"तपाईंहरुलाई पीरो खान मनपर्छ?"- "नी मन शी व्हान ठ् ला त मा?"
वर्षाः ठीक। नी मन शी व्हान ठ् ला त मा?
"शी व्हान" – "मन पर्नु"
कमलः शी व्हान।
वर्षाः "ला त" – "पीरो"
कमलः ला त।
कमलः मलाई खसीको सेकुवा मन पर्छ। अझ खासगरी ग्रीष्म ऋतुमा बेलुकीपख साथीहरुसँगै बसेर सेकुवा खाँदा कति मज्जा आउँछ।
वर्षाः आहा। हामी यस्ता कुरामा नरमाऔं। अहिले हामी स्टुडियोमा छौं नि। छिट्टै कार्यक्रम तयार पारौं।
कमलः हस। जे भए पनि "मलाई खसीको सेकुवा खान मनपर्छ" भन्ने वाक्य चिनियाँ भाषामा कसरी भन्ने भन्ने कुरा थाहापाउन मलाई मन लागेको छ नि।
वर्षाः यसलाई तपाईं यसरी भन्नसक्नु हुन्छ- वो शी व्हान ठ् याँग रौ ठ्वान।
वर्षाः "वो" – "म"
कमलः म
वर्षाः "ठ्" – "खानु"
वर्षाः "याँग रौ" – "खसीको मासु"