नेपाली

पाठ पन्ध्र

criPublished: 2014-01-28 10:44:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भट्टी पसलका खाना खाने

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल।

वर्षाः पहिले झैं हामी अघिल्लो पाठमा सिकेका महत्वपूर्ण वाक्यहरु दोहर्‍याएर सिकौं, अनि त्यसपछि त्यस पाठको पूरा वार्तालाप सुनौं।

कमलः हवस्। अब शुरु गरौं। "कृपया एकछिन कुर्नुहोस्" लाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षाः छिंग नी मन तङ यी व्है अर।

कमलः छिंग नी मन तङ यी व्है अर।

वर्षाः ठीक। "हामीले कति बेर कुर्नुपर्छ" लाई चिनियाँ भाषामा "वो मन याओ तङ त्वो च्यौ?" भन्नुपर्छ।

कमलः वो मन याओ तङ त्वो च्यौ?

वर्षाः "तङ" – "कुर्नु"

कमलः तङ

वर्षाः त्वो च्यौ

कमलः त्वो च्यौ

वर्षाः वो मन याओ तङ त्वो च्यौ?

कमलः "वो मन याओ तङ त्वो च्यौ?" - "हामीले कति बेर कुर्नुपर्छ?"

वर्षाः "खानाको स्वाद कस्तो छ?"लाई चिनियाँ भाषामा "वै ताउ चन पो याँग?" भन्नुपर्छ।

कमलः खानाको स्वाद कस्तो छ?

वर्षाः "वै ताउ" – "स्वाद"

कमलः वै ताउ। "साच्चिकै मीठो छ" - "ट्रन त हेन हाउ ठ्।

वर्षाः ट्रन त हेन हाउ ठ्। "ट्रन त" – "साँच्चिकै"

कमलः ट्रन त

वर्षाः " हाउ ठ्" – "मीठो"

कमलः हाउ ठ्।

वर्षाः "म टन्न भएँ" – "वो ठ् पाउ ल"।

कमलः वो ठ् पाउ ल। अब हामी पूरा वार्तालाप सुनौं।

महिलाः छिंग नी मन तङ यी व्है।

पुरुष र महिलाः वो मन याओ तङ त्वो च्यौ?

महिलाः ता काई पान श्याओ श् पा।

महिलाः वै ताउ चन मो याँग?

पुरुषः ट्रन त हेन हाउ ठ्।

महिलाः हाइ याओ तेन शन मो?

पुरुषः शे शे, वो ठ् पाउ ल।

महिलाः वो ठ् पाउ ल।

पुरुषः वो ये श्। ट्र ली त छाई ट्रन त हेन हाउ ठ्।

कमलः अघिल्लो पाठमा सिकेका कुरा दोहर्‍याउने क्रम आजका लागि यत्ति नै। अब आजका मुख्य विषयतिर लागौं।

नी मन शी व्हान ठ् ला त मा?

वो शी व्हान ठ् याँग रौ ठ्वान।

ट्र ली मेन श् शन मो?

वो मन छ्यु माई तेन यिन ल्याओ पा।

कमलः अघिल्लो पाठको "चिनियाँ संस्कृतिका एक-दुइ कुराहरु" भन्ने भागमा हामीले स् छ्वान र हू नान आदि ठाउँका तरकारीहरु एकदमै पीरा हुन्छन भनेका थियौं। तर मलाई अचम्म लागेको कुरा के हो भने, पैचिंगमा पनि धेरै केटीहरुलाई पीरो खान मनपर्दो रहेछ। त्यसैले "तपाईंहरुलाई पीरो खान मनपर्छ?" भनेर सोध्नुपर्‍यो भने चिनियाँ भाषामा कसरी सोध्ने भन्ने कुरा थाहापाउनु अति जरुरी छ।

वर्षाः ए, म तपाईंलाई सहयोग गर्नसक्छु। तपाईं यसरी सोध्नसक्नु हुन्छ- नी मन शी व्हान ठ् ला त मा?

कमलः नी मन शी व्हान ठ् ला त मा?

वर्षाः "नी मन" – "तिमीहरु वा तपाईंहरु"

कमलः नी मन

वर्षाः " ला त" – "पीरो"

वर्षाः "मा" सहायक शब्द हो।

कमलः मा

कमलः "नी मन शी व्हान ठ् ला त मा?"- "तपाईंहरुलाई पीरो खान मन पर्छ?"

वर्षाः अब वार्तालाप एक सुनौं-

कमलः यस वाक्यलाई झन् राम्ररी सम्झनका लागि यसलाई फेरि दोहर्‍याएर सिक्नु आवश्यकता छ।

"तपाईंहरुलाई पीरो खान मनपर्छ?"- "नी मन शी व्हान ठ् ला त मा?"

वर्षाः ठीक। नी मन शी व्हान ठ् ला त मा?

"शी व्हान" – "मन पर्नु"

कमलः शी व्हान।

वर्षाः "ला त" – "पीरो"

कमलः ला त।

कमलः मलाई खसीको सेकुवा मन पर्छ। अझ खासगरी ग्रीष्म ऋतुमा बेलुकीपख साथीहरुसँगै बसेर सेकुवा खाँदा कति मज्जा आउँछ।

वर्षाः आहा। हामी यस्ता कुरामा नरमाऔं। अहिले हामी स्टुडियोमा छौं नि। छिट्टै कार्यक्रम तयार पारौं।

कमलः हस। जे भए पनि "मलाई खसीको सेकुवा खान मनपर्छ" भन्ने वाक्य चिनियाँ भाषामा कसरी भन्ने भन्ने कुरा थाहापाउन मलाई मन लागेको छ नि।

वर्षाः यसलाई तपाईं यसरी भन्नसक्नु हुन्छ- वो शी व्हान ठ् याँग रौ ठ्वान।

वर्षाः "वो" – "म"

कमलः म

वर्षाः "ठ्" – "खानु"

वर्षाः "याँग रौ" – "खसीको मासु"

कमलः याँग रौ

वर्षाः "ठ्वान" यहाँ संख्यात्मक शब्द हो। त्यसको अर्थ नेपाली भाषामा "झुप्पो" "समूह" वा "उनिएको" भन्ने हो।

कमलः ठ्वान

वर्षाः याँग रौ ठ्वान

कमलः "वो शी व्हान ठ् याँग रौ ठ्वान"। - "मलाई खसीको सेकुवा मनपर्छ"।

वर्षाः "शी व्हान" – "मन पर्नु"

कमलः शी व्हान

वर्षाः "ठ्" - "खानु"

कमलः ठ्

वर्षाः "याँग रौ ठ्वान" – "खसीको सेकुवा"

कमलः याँग रौ ठ्वान

वर्षाः "मलाई खसीको सेकुवा खान मनपर्छ"। - "वो शी व्हान ठ् याँग रौ ठ्वान"।

कमलः वो शी व्हान ठ् याँग रौ ठ्वान।

कमलः खसीको सेकुवा भन्दासाथ खसीको मासु सेकाएर बनाइएको खानेकुरा भन्ने कुरा प्रष्ट छ। त्यसो भए अरु खानेकुरा नि, जस्तै भनौ‍ म मभित्र के हालिएको छ त? "यसभित्र के हो?" भनेर चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः ए, यो सजिलो छ। तपाईं यसरी भन्नसक्नु हुन्छ- ट्र ली मेन श् शन मो?

वर्षाः "ट्र" – "यो"

कमलः ट्र

वर्षाः "ली मेन" – "भित्र"

कमलः ली मेन

वर्षाः "श्" – "हो"

कमलः श्

वर्षाः "शन मो" – "के"

कमलः के

वर्षाः "ट्र ली मेन" को अर्थ "यसभित्र"

कमलः ट्र ली मेन

वर्षाः "श् शन मो" – " के छ"

कमलः श् शन मो

वर्षाः ट्र ली मेन श् शन मो?

कमलः "ट्र ली मेन श् शन मो?" – "यसभित्र के छ?"

कमलः आहा, हामीलाई धेरै तिर्खा लाग्यो। म मेरा चिनियाँ साथीलाई "हामी पेय पदार्थ किन्न जा‌औं" भनेर भन्नचाहन्छु। यसलाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ, मलाई भनिदिनुहुन्छ कि?

वर्षाः केही समस्या छैन। तपाईं यसरी भन्नसक्नुहुन्छ- वो मन छ्यु माई तेन यिन ल्याओ पा।

वर्षाः "वो मन" – "हामी"

कमलः वो मन

वर्षाः "छ्यु" – "जानु"

कमलः छ्यु

वर्षाः "माई" – "किन्नु"

कमलः माई

वर्षाः "तेन" भन्ने अक्षरको अर्थ "विन्दु" हो। तर यस वाक्यमा यसको अर्थ "अलिकति वा केही" भन्ने हो।

कमलः तेन

कमलः यिन ल्याओ

वर्षाः "पा" सहायक शब्द हो।

कमलः पा

वर्षाः वो मन छ्यु माई तेन यिन ल्याओ पा।

कमलः "वो मन छ्यु माई तेन यिन ल्याओ पा"। - "हामी केही पेय पदार्थ किन्न जाऔं"।

वर्षाः "वो मन छ्यु माई तेन यिन ल्याओ पा"। - "हामी केही पेय पदार्थ किन्न जाऔं"।

कमलः वो मन छ्यु माई तेन यिन ल्याओ पा।

वर्षाः "यिन ल्याओ" – "पेय पदार्थ"

कमलः यिन ल्याओ।

वर्षाः "यसभित्र के छ?" –"ट्र ली मेन श् शन मो?"

कमलः ट्र ली मेन श् शन मो?

वर्षाः वो शी व्हान ठ् याँग रौ ठ्वान।

कमलः "वो शी व्हान ठ् याँग रौ ठ्वान"। - "मलाई खसीको सेकुवा खान मन पर्छ"।

वर्षाः नी मन शी व्हान ठ् ला त मा?

कमलः "नी मन शी व्हान ठ् ला त मा?" – "तपाईंहरुलाई पीरो मन पर्छ?"

वर्षाः अब हामी आजका सबै वार्तालाप सुनौं-

पूरा वार्तालाप

वार्तालाप एक

पुरुषः नी मन शी व्हान ठ् ला त मा?

महिलाः शी व्हान।

वार्तालाप दुइ

महिलाः नी श्याँग ठ् शन मो?

पुरुषः वो शी व्हान ठ् याँग रौ ठ्वान।

वार्तालाप तीन

महिलाः ट्र ली मेन श् शन मो?

पुरुषः वो ये पु ट् ताउ।

वार्तालाप चार

पुरुषः वो मन छ्यु माई तेन यिन ल्याओ पा।

महिलाः नी शी व्हान होंग ठ्रा हाई श् ल्यू ठ्रा?

पुरुषः होंग ठ्रा।

अब चिनियाँ संस्कृतिका एक-झलक

कमलः चपस्टिक र काँटाको कुरा उठाउँदा विद्बानहरुले यसबारे केही अनुसन्धान गर्नुभएको थियो। कसै-कसैले के ठहर लिएका छन भने, चीन कृषि प्रधान मुलुक हो। यहाँका खानेकुरा, खासगरी वनस्पतिको प्रधानतामा रहेका छन्। चपस्टिकको प्रयोग गर्दा खानेकुरा झिक्न सजिलो हुन्छ। तर पश्चिमी जगतका मानिसहरु, खासगरी घुम्ती पशुपालन व्यवसायमा लागेका कारण खानेकुरामा मुख्य गरी मासु नै हुन्छ। त्यसैले काँटाको प्रयोग गर्दा झन् सजिलो हुन्छ। यसका अतिरिक्त चिनियाँहरुमा सामूहिक रुपमा खाना खाने चलन छ। मानिसहरु एउटै प्लेटबाट तरकारी झिकेर खाने गर्दछन। त्यसैले चपस्टिकको प्रयोग गर्दा हरेक चोटी निकालिने तरकारीको मात्रामा नियन्त्रण गर्नसकिन्छ। यसो भएबाट सामूहिक रुप सुरक्षित रहनुका साथै निजी हितमा पनि त्यति असर पर्नेछैन। उता पश्चिमी जगतका मानिसहरुका लागि त्यतिको जटिल छैन। त्यहाँ प्रत्येक मानिसले आफ्नो थालमा हालिएको खानेकुरा मात्र खाने चलन छ।

यहाँ मैले सम्झाउनुपर्ने कुरा के हो भने, चिनियाँहरुका लागि भातले भरिएको कचौरामा चपस्टिक धसेर ठाडो पार्नु राम्रो मानि‌दैन। यसका साथै काँटाले कचौरा ठोक्ने कुरालाई पनि अशिष्ट व्यवहार मानिन्छ।

वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न छोड्नचाहन्छु। "तपाईंलाई पीरो खान मन पर्छ?" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः तपाईंहरुलाई यस प्रश्नको सही उत्तर थाहा छ भने हामीलाई आफ्नो जवाफ पठाउनुहोला। हाम्रो ठेगाना हो-

Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपाल।

वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।

कमलः म कमल लम्सालको पनि नमस्कार। चाई चेन।

Share this story on

Messenger Pinterest LinkedIn