पाठ साट्ठी
ख: च्वै चाउ त यी ठ्राङ्ग श् श्या ऊ स् तेन।
वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी।
दयाराम: पैचिङ्गमा चलचित्रको प्रसारणको इतिहास सन् 1902 देखि शुरु भएको हो। हालआएर पैचिङ्गमा ठूल्ठूला सिनेमा घर जताततै देख्न पाइन्छन्। तीमध्ये प्रायःजसो सिनेमा घरको गुणस्तर ज्यादै उच्च छ। पैचिङ्गमा अधिकांश उच्चस्तरीय सिनेमा घर हुनुका साथै विभिन्न मुलुकका भिन्ना-भिन्नै किसिमका चलचित्रहरु पनि प्रशस्त छन्। ती चलचित्रहरुमध्ये चीनको मुख्य भूमिका, हंगकंग तथा थाइवानका अझ विशेषगरी विदेशी चलचित्र पनि समावेश छन्। जुन किसिमका दर्शकहरुले पनि त्यहाँ आफूलाई मन पर्ने चलचित्र खोज्न सक्छन्। अझ बढी दर्शकलाई सिनेमा घर आएर चलचित्र हेर्न आकर्षित गर्नका लागि पैचिङ्गका सिनेमा घरहरुले "हरेक हप्ता एक दिन आधा मूल्यमा चलचित्रको टिकट बेच्ने"सहुलियतको नियम प्रस्तुत गरेका छन्। यसबाहेक, सिनेमा घरहरुले दर्शकहरुका लागि एक किसिमको विशेष कार्ड पनि प्रस्तुत गरेका छन्। यसले गर्दा दर्शकहरु त्यस कार्डमार्फत पहिलेको मूल्यको आधारमा असी प्रतिशत मूल्यमा नै चलचित्रको टिकट किन्नसक्छन्।
चिनियाँ तथा विदेशी चलचित्रहरु बीचको आदान-प्रदानलाई अझ घच्घच्याउनका लागि बितेका केही वर्षयता चीनले प्रत्येक वर्ष एक चोटी हुने "पैचिङ्गको प्रसारण"शीर्षकको साप्ताहिक चलचित्र प्रदर्शनीको पनि आयोजना गर्दछ। लगातार छ वर्षसम्म चलेको "पैचिङ्गको प्रसारण"शीर्षकको साप्ताहिक चलचित्र प्रदर्शनीमार्फत झन् झन् बढी चिनियाँ चलचित्रलाई स्वदेशबाट निस्केर विदेशी दर्शकहरुसमक्ष देखाइने भएका छन्।
वर्षाः श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा प्रश्नः "छिङ्ग वन तेन यिङ्ग चि तेन खाइ येन?" भन्ने प्रश्नलाई चिनियाँ भाषामा कसरी भन्ने?
दयाराम: यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपालमा पठाउन सक्नुहुन्छ।
वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।
दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।