नेपाली

पाठ साट्ठी

criPublished: 2014-01-28 14:27:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

था त छिङ्ग चे हन यौ छ्यु।

ट्र पु तेन यिङ्ग त फ्याउ फाङ्ग पु छो।

छिङ्ग वन तेन यिङ्ग चि तेन खाइ येन?

दयाराम: वर्षाजी, मलाई चलचित्र हेर्न निकै मन लाग्छ, तपाईं नि?

वर्षा: म पनि। म एकजना चलचित्रप्रेमी हुँ।

दयाराम: चिनियाँ अभिनेत्रीहरुमध्ये चाङ्ग च यी नामकी केटीलाई म खुब मन पराउँछु। उनी ज्यादै सुन्दरी छिन्।

वर्षा: ठीक छ, उनी विदेशमा निकै लोकप्रिय छिन्।

दयाराम: अब हामी शुरु गरौं! सर्वप्रथम तपाईंले मलाई बताउनुहोला, "चलचित्र" भन्ने शब्दलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षा: हवस, "चलचित्र" भन्ने शब्दलाई चिनियाँ भाषामा "तेन यिङ्ग" भनिन्छ।

दयाराम: तेन यिङ्ग। वर्षाजी, तपाईंलाई सबैभन्दा मन पर्ने चलचित्र कुन हो?

वर्षा: विभिन्न समयमा म विभिन्न किसिमका चलचित्र हेर्न मन पराउँछु।

दयाराम: वर्षाजी, तपाईंलाई कुन चलचित्र सबैभन्दा मन पर्छ भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षा: सजिलो छ, तपाईं "नि च्वै शी व्हान ना पु तेन यिङ्ग" भन्न सक्नुहुन्छ।

दयाराम: नि च्वै शी व्हान ना पु तेन यिङ्ग।

वर्षा: "च्वै शी व्हान"को अर्थ "सबैभन्दा मन पर्छ" भन्ने हो।

दयाराम: च्वै सि व्हान।

वर्षा: ना पु, कुन।

वर्षा: अब पूर्ण वाक्यः नि च्वै शी व्हान ना पु तेन यिङ्ग।

दयाराम: "नि च्वै शी व्हान ना पु तेन यिङ्ग", तपाईंलाई सबैभन्दा मन पर्ने चलचित्र कुन हो?

वर्षा: दयारामजी, तपाईं किन त्यो चलचित्र निकै मन पराउनुहुन्छ?

दयाराम: किनकि त्यस चलचित्रको विषय ज्यादै रोचक लागेको छ मलाई।

वर्षा: तपाईं चिनियाँ भाषामार्फत त्यस वाक्यको ब्याख्या गर्नसक्नुहुन्छ। था त छिङ्ग चे हन यौ छ्यु।

वर्षा: "छिङ्ग चे" भनेको "विषय"।

दयाराम: छिङ चे।

वर्षा: अब पूर्ण वाक्य: था त छिङ्ग चे हन यौ छ्यु।

दयाराम: "था त छिङ्ग चे हन यौ छ्यु"।, त्यसको विषय ज्यादै रोचक छ।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn