नेपाली

पाठ पच्चिस

criPublished: 2014-01-28 14:05:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः अँ साँच्ची, एउटी मिजासिली काकीले मलाई भन्नुभएको छ- "तपाईं बस चढ्न सडकको उतापट्टि जानुपर्छ" भनेर।

वर्षाः ए मलाई थाहा भयो। उहाँले भन्नुभएको अर्थ "निंग तै छ्यु मा लु त्वै मेन चो ठ्र" हो।

कमलः निंग तै छ्यु मा लु त्वै मेन चो ठ्र।

वर्षाः "निंग", "तपाईं, "तिमी"को मानबोधक शब्द हो।"

कमलः निंग।

वर्षाः "तै", "पर्छ"।

कमलः तै।

वर्षाः "मा लु", "सडक वा बाटो"

कमलः मा लु

वर्षाः "त्वै मेन", "उतापट्टि, पारी"

कमलः त्वै मेन।

वर्षाः "चो ठ्र", " बस चढ्नु"

कमलः चो ठ्र।

वर्षाः निंग तै छ्यु मा लु त्वै मेन चो ठ्र।

कमलः "निंग तै छ्यु मा लु त्वै मेन चो ठ्र"।, "तपाईं बस चढ्न सडकको उतापट्टि जानुपर्छ।"

वर्षाः अब आजका सबै वार्तालाप सुनौं-

पूरा वार्तालाप

वार्तालाप एक

कः छिंग वन ती थे ट्रान चाई ना ली?

खः यी ट् वाँग छेन चौ, चाई छेन पेन त लु खौ वाँग चो क्वाई।

वार्तालाप दुइ

कः ली ट्र तो युआन नी?

खः पु थाई युआन, ता काई चौ ऊ फन ट्रोन च्यौ ताउ ल।

वार्तालाप तीन

कः वो यिंग काई चो शन मो ठ्र छ्यु?

खः निंग तै छ्यु मा लु त्वै मेन चो ठ्र।

कः वो मिंग पाई ल, शे शे।

कमलः आजको पाठ यत्ति नै। तपाईंहरुले केही सिक्नुभयो होला भन्ने हाम्रो ठूलो आशा छ। अब हामी "चिनियाँ संस्कृतिका एक झलक"तिर लागौं।

चिनियाँहरुले एक अर्कासँग भेट गर्दा पश्चिमे व्यक्तिहरुभन्दा त्यति ठूलो फरक हुँदैन। जस्तो कि एक अर्कासँग भेट्दा "नी हाउ अर्थात् नमस्ते" भनिन्छ र विदाइ गर्दा "चाई चेन अर्थात नमस्ते" भनिन्छ। आदि आदि। तर सर्वसाधारण मानिसहरुले एक-अर्कासँग भेट्दा सधैं विपक्षीको तात्कालीन स्थिति वा सोचमा ध्यान दिएर कुरा गर्दछन। उदाहरणका लागि, आपसमा भेट्दा एकले-अर्कासँग "तपाईं कतातिर जाँदै हुनुहुन्छ?", "तपाईं कार्यालय जाँदै हुनुहुन्छ?", " तपाईंले खाना खानुभयो?" जस्ता प्रश्न सोध्ने गर्दछन मानिसहरु। शुरु-शुरुमा स्वाट्टै यस्तो प्रश्न सुन्दा पश्चिमी मुलुकका मानिसहरु बुझ्नसक्दैनन।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn