नेपाली

पाठ पच्चिस

criPublished: 2014-01-28 14:05:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बाटो सोध्ने

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल। अघिल्लो पाठमा हामीले चिनियाँ भाषाका धेरै कुरा सिक्यौं। किताब किन्दा यो काम लाग्छ।

वर्षाः ठीक भन्नुभयो। अब हामी अघिल्लो पाठमा सिकेका वाक्यहरुको पुनरावलोकन गरौं। अनि त्यसपछि हामी नयाँ पाठ सिकौं। आजको पाठमा हामी दिशा बताउने कुरा सिक्नेछौं।

कमलः सुन्दा धेरै चासो लाग्दो विषय जस्तो छ।

वर्षाः ना अर यौ ता त शु तेन?

कमलः "ना अर यौ ता त शु तेन?" मलाई याद छ यो वाक्यको अर्थ " ठूलो पुस्तक पसल कहाँ छ?" भन्ने हो।

वर्षाः ठीक। "शु तेन", "पुस्तक पसल"

कमलः शु तेन

वर्षाः "ता त शु तेन", "ठूलो पुस्तक पसल"

कमलः ता त शु तेन

वर्षाः "वो याउ माई पन च् तेन", "मलाई एउटा शब्द कोष किन्नुपरेको छ"।

कमलः वो याउ माई पन च् तेन।

वर्षाः "च् तेन", "शब्द कोष"

कमलः च् तेन

वर्षाः वो श्याँग माई पन पैचिंग ताउ यौ शौ छ।

वर्षाः "ताउ यौ", "मार्गदर्शक पुस्तिका"

कमलः ताउ यौ

वर्षाः "शौ छ", "पु्स्तिका"

कमलः शौ छ

वर्षाः वो श्याँग माई पन पैचिंग ताउ यौ शौ छ। मलाई एउटा पैचिंगको मार्गदर्शक पुस्तिका किन्नुपरेको छ।

कमलः वो श्याँग माई पन पैचिंग ताउ यौ शौ छ।

कमलः छिंग वन यिंग वन् श्याओ श्वो चाई ची छंग माई?

वर्षाः "छिंग वन्", "कृपया, म सोधुँ"।

कमलः छिंग वन्

वर्षाः "यिंग यू श्याओ श्वो", "अंग्रेजी भाषाको उपन्यास"

कमलः यिंग यू श्याओ श्वो

वर्षाः "ची छंग", "कुन तला"

कमलः ची छंग

वर्षाः "माई", "किन्नु, बेच्नु"

कमलः माई

वर्षाः छिंग वन यिंग वन् श्याओ श्वो चाई ची छंग माई?

कमलः "छिंग वन यिंग वन् श्याओ श्वो चाई ची छंग माई?" , "कृपया म सोधुँ, अंग्रेजी भाषाको उपन्यास कुन तलामा बेचिन्छ?"

वर्षाः अब हामी अघिल्लो पाठको पूरा वार्तालाप सुनौं-

1234...全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn