पाठ पच्चिस
कः ना अर यौ ता त शु तेन?
खः छ्यु वाँग फु चिंग खान यी खान। ना अर यौ क पु छो त शु तेन।
कः वो याउ माई पन च् तेन।
खः शन् मो च् तेन?
कः यिंग हान, हान यिंग श्वाँग श्याँग च् तेन।
खः हाई श्यू याउ शन् मो मा?
कः हाई याओ यी पन हान यू ठ्रंग यू च् तेन।
खः निंग हाउ। वो श्याँग माई पन पैचिंग ताउ यौ शौ छ।
कः ना निंग ट् चे शाँग अर लौ। च्यौ चाई तेन थी चो पेन।
वार्तालाप चार
कः छिंग वन यिंग वन् श्याओ श्वो चाई ची छंग माई?
खः चाई स् छंग।
कमलः अघिल्लो पाठको पुनरावलोकन आजलाई यत्ति नै। अब आजका मुख्य विषयहरुतिर लागौं।
आजका मुख्य विषय-
छिंग वन ती थे ट्रान चाई ना ली?
ली ट्र तो युआन नी?
वो यिंग काई चो शन मो ठ्र छ्यु?
नी त छ्यु मा लु त्वै मेन चो ठ्र।
कमलः पैचिंग आएको धेरै वर्ष भए पनि कहिलेकाहीं म बाटो भुल्छु र दिशा छुट्याउन सक्दिनँ। मलाई बताइदिनुहुन्छ कि चिनियाँ भाषामा दिशा कसरी बताउने?
वर्षाः कुनै समस्या छैन। अब शुरु गरौं ल।
कमलः पैचिंग साँच्चिकै धेरै ठूलो छ। यहाँ एउटा प्रसिद्ध छांग आन सडक छ, जुन पूर्वदेखि पश्चिमसम्म लम्बिएको छ। चिनियाँ भाषामा "पूर्व"लाई कसरी भन्नुपर्छ?
वर्षाः "तोंग" । बोलिचालको भाषामा हामी प्रायजसो "तोंग पेन" भनिन्छ। "पेन" को अर्थ "पक्ष, स्थल" हो।
कमलः ए, त्यसो भए "पश्चिम"लाई नि?
वर्षाः शी
कमलः म "शी पेन" भन्न सक्छु?
वर्षाः हो, यसरी भन्नसकिन्छ। "दक्षिण", "नान"
कमलः नान
वर्षाः "उत्तर", "पै"। "पैचिंग"को पै हो अर्थात उत्तरी राजधानी हो। त्यसको उच्चारण करिब अंग्रेजी शब्द "bay खाडी" को उच्चारणसित मिल्दोजुल्दो छ।
कमलः पै।
वर्षाः हामी सँगै पढौं- तोंग शी नान पै।
कमलः तोंग शी नान पै। "सुनको घर होस् वा चाँदीको, अरु ठाउँभन्दा आफ्नै छाप्रो बेस"। रात पर्न लाग्यो। मैले घर फर्कने दिशा बिर्सें। तर भूमिगत रेल्वे स्टेशन भेट्टाएँ भने मलाई घर फर्कने बाटो थाहा भइहाल्छ। तपाईं मलाई सिकाइदिनुहुन्छ कि "कृपया, भूमिगत रेल्वे स्टेशन कहाँ छ?" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?