पाठ तेह्र
वर्षाः "याओ" – "चाहिनु"
कमलः याओ
वर्षाः होंग ठ्रा
कमलः "होंग ठ्रा" – "कालो चिया" । यो कुरा हामीले अघिल्लो पाठमा सिकिसकेका छौं।
वर्षाः यस वाक्यमा "मा" एउटा सहायक शब्द हो। यसले प्रश्न सोधेको भाव दिन्छ।
कमलः मा। चिनियाँ भाषामा यसलाई वाक्यको अन्तमा मात्रै राख्नुपर्छ। मैले भनेको ठीक छ?
वर्षाः ठीक छ नि। जस्तै भनौं- छिंग वन, नी याओ होंग ठ्रा मा?
कमलः "छिंग वन् नी याओ होंग ठ्रा मा?" – तपाईंलाई कालो चिया चाहिन्छ कि?
महिलाः यहाँलाई कालो चिया चाहिन्छ कि?
पुरुषः व श्याँग ठ्राँग ठ्राँग ट्रोंग को ल्यू ठ्रा।
कमलः चीनका युवा-युवतीहरु माझ हाल "ए ए भन्ने तरीका" एकदमै प्रचलित छ भन्ने सुनेको छु, मैले। यसको अर्थ आफूले खाएको खानाको पैसा आफै तिर्ने भन्ने हो। चिनियाँ भाषामा खानाको खर्च भाग लगाएर तिर्ने कुरालाई कसरी भनिन्छ?
वर्षाः तपाईं यसरी भन्नसक्नु हुन्छ- वो मन ए ए ट् पा।
वर्षाः "वो मन" – "हामी"
वर्षाः "ए ए ट्" – "भाग बाँडेर तिर्नु"
कमलः यस वाक्यमा "पा" सहायक शब्द हो।
कमलः पा
वर्षाः वो मन ए ए ट् पा। भाग बाँडेर तिरौं है।
पुरुषः वो मन ए ए ट् पा।
वर्षाः " वो मन"- "हामी"
कमलः वो मन
वर्षाः "ए ए ट्" – "भाग बाँडेर तिरौं"
कमलः ए ए ट्
वर्षाः वो मन ए ए ट् पा। भाग बाँडेर तिरौं।
कमलः वो मन ए ए ट् पा।
वर्षाः अब हामी मोटोमोटी रुपमा भरखरै सिकेका केही महत्वपूर्ण वाक्यहरुको पुनरावलोकन गरौं। अनि त्यसपछि हामी पूरा वार्तालाप सुनौं।
"थ स छाई" – विशेष तरकारी
कमलः थ स छाई
वर्षाः नी मन यौ शन मो थ स छाई?
कमलः "नी मन यौ शन मो थ स छाई?" – तपाईंकहाँ विशेष तरकारी के छ?"
वर्षाः "श्यू याओ" – "चाहिनु"
कमलः श्यू याओ
वर्षाः " ताउ ठ्रा" - "चक्कु र काँटा"
कमलः ताउ ठ्रा
वर्षाः तपाईंलाई चक्कु र काँटा चाहिन्छ? – नी याओ ताउ ठ्रा मा ?
कमलः नी याओ ताउ ठ्रा मा ?