नेपाली

पाठ तेह्र

criPublished: 2014-01-28 10:43:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ रेष्टुराँमा

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल।

वर्षाः अघिल्लो पाठमा हामीले मुख्यतया शिघ्र तयार पारिने खाद्यान्न खानेसम्बन्धी कुराहरुलाई चिनियाँ भाषामा कसरी भन्ने भन्नेबारेमा सिकेका थियौं। अब हामी तीमध्येका मुख्य-मुख्य वाक्यहरु दोहर्‍याएर सिकौं।

कमलजी, तपाईंलाई याद छ, "तपाईंलाई के खाने इच्छा छ?" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः यसलाई चिनियाँ भाषामा नी श्याँग ठ् शन् मो?भन्नुपर्छ।

वर्षाः ठीक छ। "श्याँग" को अर्थ "इच्छा" हो।

कमलः श्याँग

वर्षाः "ठ्"को अर्थ "खानु" हो।

कमलः ठ्। वर्षाजी, "मलाई एउटा हेमवर्गरर र एक कप कालो चिया दिनुस"भनेर चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः वो याउ यी क हान पाउ, हाइ यौ यी पै होंग ठ्रा भन्नुपर्छ।

कमलः वो याउ यी क हान पाउ, हाइ यौ यी पै होंग ठ्रा।

वर्षाः कृपया मलाई भनिनुहोस्, यसमा कुन शब्द संख्याबोधक शब्द हो?

कमलः यसमा "यी क" र "यी पै" हुनुपर्छ। चिनियाँ भाषामा संख्याबोधक शब्दहरु सम्झन अलि गाह्रो छ।

वर्षाः "हान पाउ" हेमवर्गर

कमलः हान पाउ

वर्षाः "होंग ठ्रा" कालो चिया

वर्षाः "तपाईं यहीं खानुहुन्छ कि अन्तै लैजानुहुन्छ?" चाई ट्र अर ठ् हाई श् ताई चौ?

कमलः चाई ट्र अर ठ् हाई श् ताई चौ? "ट्र अर" को अर्थ "यहाँ वा यहीं" हो।

वर्षाः ठीक छ। "ताई चौ" को अर्थ "अन्तै लैजानु वा लग्नु" हो।

कमलः ताई चौ। अँ साँच्चै, वर्षाजी म चिनियाँ भाषामा "चर्पी कहाँ छ? भनेर सोध्न चाहन्छु। यस वाक्यलाई कसरी भन्नुपर्छ?

वर्षाः तपाईंले यसरी भन्नुपर्छः छिंग वन, शी शौ चेन चाई ना अर?

कमलः छिंग वन, शी शौ चेन चाई ना अर? अन्तिम वाक्य, "कृपया, मलाई तीन/चारवटा नेप्किन दिनुहोस्" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

1234...全文共 5 页下一页

Share this story on

Messenger Pinterest LinkedIn