नेपाली

पाठ आठ

criPublished: 2014-01-28 10:38:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः था थ पे छोंग मिंग।

वर्षाः हत्तेरी, हामीले आज सिकेको पहिलो वाक्य झण्डै बिर्सेको। "नी मै मै श् चो शन् मो त?"

कमलः "नी मै मै श् चो शन् मो त?" तपाईंकी बहिनी के काम गर्छिन?

वर्षाः त्यसो भए कसैले "तपाईं के काम गर्नुहुन्छ?" भनेर सोध्यो भने तपाईंले कसरी जवाफ दिनुपर्छ त?

कमलः नी श् चो शन् मो त?

वर्षाः ठीक। आज गरिएको कुराकानी फेरि एक पटक सुनौं।

वार्तालाप एक

महिलाः नी मै मै श् चो शन् मो त?

पुरुषः था श् लाउ श्।

महिलाः नी श् चो शन् मो त?

पुरुषः वो श् ची ट्र।

वार्तालाप दुइ

महिलाः नी च्युए त था चन् मो याँग?

पुरुषः था हन् फ्याओ ल्याँग। था थ पे छोंग मिंग।

वर्षाः पुग्यो। अब दोहर्‍याउने काम यत्ति नै। अब "चिनियाँ संस्कृतिका एक झलक" सुनौं।

फु वा अर्थात् भाग्यमानी वालक सन् 2008 मा हुने उनान्तीसौं ओलम्पिक खेलकुदको प्रतीक हो। फु वाको रंग र सोच ओलम्पिक खेलकुदका पाँचवटा गोलाकार र चीनको फराकिलो धर्ती, उच्च पर्वत, गहिरा नदी-नाला, पोखरी, सागर तथा सर्वसाधारणहरुलाई मनपर्ने जनावरबाट आएको हो। फु वाले विश्वका सबै ठाउँका जनतालाई मित्रता, शान्ति, अघि बढ्ने भावना, मानव र प्रकृतिबीच मेलमिलापयुक्त व्यवहारको सुमधुर अभिलाषा बोकेको छ। फु वा पाँचवटा मायालाग्दा वालकहरुबाट गठित भएको छ। तिनीहरुका रुप-आकारमा माछा, पाण्डा, तिब्बती बराँठ, गौंथली र ओलम्पिकको पवित्र आगोको चित्र कोरिएको छ। ती हरेक वालकको आ-आफ्नै नाम छ- पै पै, चिंग चिंग, ह्वान ह्वान, यिंग यिंग र नी नी। चीनको परम्पराअनुसार, अक्षर दोहर्‍याएर राखिएको नामले केटा-केटीप्रति एकदमै माया-भाव अभिव्यक्त भएको हुन्छ। ती पाँचवटा फु वाको नामलाई जोडेर हेर्दा पैचिंग सारा विश्वलाई हार्दिक स्वागत गर्दछ भन्ने अर्थ आउँछ। "पै चिंग ह्वान् यिंग नी" को अर्थ पैचिंग तपाईंलाई स्वागत गर्दछ भन्ने हो।

वर्षाः हवस् त, आजको कार्यक्रम यत्ति नै। सधैं झैं आज पनि तपाईंहरुका लागि एउटा प्रश्न। "उनको पेशा के हो?" भनेर चिनियाँ भाषामा भन्नुपर्दा कसरी भन्नुपर्छ?

कमलः तपाईंलाई यसको उत्तर थाहा छ भने हामीलाई इ-मेल पठाउनुहोस्। हाम्रो इ-मेल ठेगाना हो- Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405।

कमलः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला

वर्षाः कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस। नमस्कार, म वर्षाको, चाई चेन।

कमलः म कमल लम्सालको पनि नमस्कार, चाई चेन।

首页上一页...2345 5

Share this story on

Messenger Pinterest LinkedIn