नेपाली

पाठ आठ

criPublished: 2014-01-28 10:38:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः ह्वै क तेन ह्वा।

वर्षाः छिंग था कै वो ह्वै क तेन ह्वा। यो वाक्य हामीले अघिल्लो पाठमा सोधिएको प्रश्नको उत्तर थियो। छिंग था कै वो ह्वै क तेन ह्वा।

कमलः ल ठीक छ। अब हामी सँगसँ‍गै गत पाठमा सिकेका कुराकानी सुनौं। अनि त्यसपछि हेरौं यसले तपाईलाई भर्खरै पढेको वाक्य सम्झन सघाउन सक्छ कि सक्दैन।

वर्षाः वार्तालापको पूर्ण विवरण

महिलाः वै लिउ चिंग ली चाई च्या मा?

पुरुषः था पु चाई च्या।

वार्तालाप दुइ-

महिलाः था शन मो श् हौ ह्वै लाई?

पुरुषः वो ये पु ट् ताउ।

वार्तालाप तीन-

महिलाः छिंग था कै वो ह्वै क तेन ह्वा।

पुरुषः हाउ त।

महिलाः वो त तेन ह्वा श् 87654321।

पुरुषः हाउ त। वो यी तिंग ट्रुआन काउ था।

वर्षाः ल त। अब अघिल्लो पाठमा गरिएको कुराकानी दोहर्‍याउने क्रम यत्ति नै। आज हामी कुन विषयबारे कुराकानी गर्दैछौं?

कमलः एक-अर्काबारे जानकारी लिने तरिका सिक्नपाएमा काम लाग्छ जस्तो मलाई लागेको छ। किनभने मैले धेरै नयाँ चिनियाँ साथीहरुलाई चिनेको छु।

वर्षाः हुन्छ। त्यसो भए आज हामीले सिक्नलागेको विषयतिर लागौं। तपाईंकी बहिनी के काम गर्छिन? तपाईंलाई उनी कस्ती लाग्यो? उनी धेरै सुन्दरी छिन। उनी एकदमै चलाख छिन्।

वर्षाः कुनै मान्छेका बारेमा चर्चा गर्दा तपाईंलाई उहाँको पेशाबारे जानकारी लिन मन लाग्ला।

कमलः हो। यो प्रायजसो सोधिने प्रश्न हो। यदि मैले "तपाईंकी बहिनी के काम गर्छिन" भन्ने प्रश्न चिनियाँ भाषामा सोध्नुपर्‍यो भने कसरी सोध्ने?

वर्षाः तपाईंले यसरी भन्नुपर्छः नी मै मै श् चो शन् मो त?

वर्षाः "नी" को अर्थ "तपाईं" हो।

वर्षाः "मै मै" को अर्थ "बहिनी" हो।

कमलः मै मै

वर्षाः "श " को अर्थ "हो" हो।

कमलः श्

वर्षाः "चो" को अर्थ "काम गर्नु" हो।

कमलः चो

वर्षाः "शन् मो" भन्ने शब्द यसभन्दा अघि हामीले सिकिसकेका छौं। यसको अर्थ "के वा कुन" हो।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn