नेपाली

पाठ आठ

criPublished: 2014-01-28 10:38:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः नमस्कार सबैलाई । "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी संचालिका वर्षा।

कमलः नमस्कार, श्रोताहरु। म कमल लम्साल।

वर्षाः अघिल्लो पाठमा हामीले चिनियाँ भाषामा टेलिफोन कसरी गर्ने भन्ने कुराहरु सिकाएका थियौं। आज हामी तीमध्येका केही मुख्य वाक्य दोहर्‍याएर सिकौं।

कमलः हवस्। शुरु गरौं। मैले मेनेजर लिउको घरमा फोन गरेपछि सर्वप्रथम के भन्नुपर्छ?

वर्षाः यदि तपाईं यो मेनेजर लिउको घर हो कि होइन भनेर सोध्न चाहनु हुन्छ भने तपाईंले यसरी भन्नुपर्छः हेलो, मेनेजर लिउ घरमा हुनुहुन्छ? अर्थात वै, लिउ चिंग ली चाई च्या मा?

कमलः वै, लिउ चिंग ली चाई च्या मा?

वर्षाः ठीक उच्चारण गर्नुभयो।

कमलः दुर्भाग्यवश उहाँ घरमा हुनुहुन्न। त्यसो भए "उहाँ कहिले फर्कनुहुन्छ?" भनेर मैले सोध्न चाहेमा कसरी भन्नुपर्छ?

वर्षाः ए, तपाईंले यसरी भन्नुपर्छः था शन मो श् हौ ह्वै लाई?

कमलः "शन मो" को अर्थ "के वा कुन" र "श् हौ" को अर्थ "समय" हो।

वर्षाः "शन मो श् हौ" को अर्थ "कति बेला वा कहिले" हो।

कमलः शन मो श् हौ, कहिले?

वर्षाः "ह्वै लाई" को अर्थ "फर्कनु" हो।

कमलः ह्वै लाई

वर्षाः "उहाँ कहिले फर्कनुहुन्छ?" था शन मो श् हौ ह्वै लाई?

कमलः था शन मो श् हौ ह्वै लाई? यदि म "उहाँ फर्कनुभएपछि मलाई फोन गर्न भनिदिनुहोस है" भन्नचाहन्छु भने कसरी भन्नुपर्छ?

वर्षाः तपाईंले यसरी भन्नुपर्छः छिंग था कै वो ह्वै क तेन ह्वा।

कमलः छिंग था कै वो ह्वै क तेन ह्वा।

वर्षाः "छिंग"को अर्थ "कृपया" हो।

कमलः छिंग

वर्षाः "था" को अर्थ "उहाँ" हो।

कमलः 'था'। त्यसो भए "वो" को अर्थ "म" हुनुपर्‍यो। मैले भनेको ठीक छ?

वर्षाः ठीक छ। "कै" को अर्थ "दिनु" हो।

कमलः कै

वर्षाः "ह्वै क तेन ह्वा" को अर्थ " प्रत्युत्तरमा फोन गर्नु वा फोन गर्न लगाउनु" हो।

1234...全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn