पाठ उनान्तीस
कमलः "वो श्यांग याओ क फिंग को"।
वर्षाः अर्को पटक म तपाईंलाई एउटा ल्याएर दिउँला है। अब हामी वार्तालाप सुनौं-
कमलः या, वो ट्राउ पु ताउ शिंग ली ल।
वर्षाः साँच्चै हो? त्यसो भए तपाईं विमानस्थलका कर्मचारीसँग सोध्न जानुहोस्। उनीहरुलाई भन्नुहोस्- वो ट्राउ पु ताउ शिंग ली ल।
कमलः वो ट्राउ पु ताउ शिंग ली ल।
वर्षाः "वो", "म"।
कमलः वो।
वर्षाः "ट्राउ पु ताउ", "खोजेर पत्तो लागेन"।
कमलः ट्राउ पु ताउ।
वर्षाः "शिंग ली", "सामान वा भारी"।
कमलः शिंग ली।
वर्षाः "ल" सहायक शब्द हो। प्रायजसो वाक्यको अन्त्यमा राखिन्छ। त्यसले नयाँ घटना उत्पन्न हुनलागेको अर्थ बुझाउँछ। यस वाक्यमा अहिले तपाईंले आफ्नो भारी खोजेर पत्तो नलगाउनुभएको भन्ने अर्थ बुझिएको छ।
कमलः ल।
वर्षाः अब आजको पूरा वार्तालाप सुनौं-
वार्तालाप एक
कः वो श्याँग तिंग छ्यु शी आन त वाँग फान ची फ्याओ।
खः निंग श्याँग तिंग ना थेन त?
कः श् स् हाउ त।
वार्तालाप दुइ
कः यौ ता ट्र त फ्याओ मा?
खः यौ, ख यी ता पा ट्र।
वार्तालाप तीन
कः शिंग ली थ्वो युइन मा?
खः पु योंग थ्वो युइन।
वार्तालाप चार
कः वो श्याँग याओ यी क खाउ ठ्वाँग त च्वो वै।
खः ख यी।
वार्तालाप पाँच
कः वो ट्राउ पु ताउ शिंग ली ल।
खः निंग पु याउ ट्राउ ची, वो लाई पाँग निंग।
कमलः भरखरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नसक्नुहुने आशा हामीले गरेका छौं। अब हामी "चिनियाँ संस्कृतिका एक "तिर लागौं।
टेलिफोन गर्दा चिनियाँहरुमा सर्वप्रथम "वै" भनेर बोल्ने बानी छ। यहाँनिर "वै" भनेको एउटा विस्मयादिबोधक शब्द हो। यसको अर्थ अंग्रेजीमा "हेलो" भनेजस्तै हो। जस्तै, उदाहरणका लागि, "वै, तपाईंले कल्लाई खोज्नुभएको?" वा "कृपया भन्नुहोस, तपाईंले कसलाई खोज्नुभएको?" भन्न सकिन्छ। तर अंग्रेजीमा टेलिफोनको बोली सामान्य बोलचालभन्दा धेरै फरक छ। पश्चिमी जगतका मानिसहरु टेलिफोन उठाउनासाथ सामान्यतया सर्वप्रथम स्वयं आफ्नै फोन नम्बर वा कार्यालयको नाम भन्ने गर्छन।