पाठ सतचालीस
वर्षाः तपाईंले याद गर्नुभयो? "मै थेन ठ् ची छ्?", "व्है छ्यु त्वो ह श्वै, हाउ हाउ शिउ शी" । यी दुइटा वाक्यको कर्ता छैन।
कमलः हो नि, तर किन?
वर्षाः अब म तपाईंलाई यसबारे व्याख्या गर्छु। भाषालाई झन् सजिलो र छरितो पार्नका लागि निश्चित भाषागत वातावरणमा प्रायजसो वाक्यको कुनै भागलाई हटाइएको छ। वार्तालापमा प्रायजसो कर्तालाई हटाइएको देखिन्छ। जस्तो उदाहरणका लागि, "मै थेन ठ् ची छ्?", "व्है छ्यु त्वो ह श्वै, हाउ हाउ शिउ शी"। वास्तवमा नेपाली भाषामा पनि यस्तै छ नि, होइन र? "दिनको कति पटक?" घर फर्केपछि बढी आराम गर्नुहोस आदि।
कमलः मैले बुझें। "मै थेन ठ् ची छ्?" भन्ने वाक्यलाई उदाहरण बनाएर कुरा गरौं। यहाँ चिकित्सकले उनको कुरा सुन्ने मानिस मै हुँ, म यहाँ एक मात्र बिरामी हुँ र मैले औषधी चाहेको छु। आदि कुरा बुझेका छन। त्यसैले क्रिया विना नै काम चल्नसक्छ।
वर्षाः एकदमै ठीक छ। "व्है छ्यु त्वो ह श्वै, हाउ हाउ शिउ शी"। यो पनि उस्तै कारण हो। बोल्ने मानिस को हो भन्ने कुरा एकदमै प्रष्ट छ, त्यसैले यस वाक्यको कर्ता "तिमी"लाई मेटाइएको हो। नेपाली भाषामा पनि यस्तै तरिकाले भन्ने चलन छ। अब हामी फेरि एक पटक पछाडिका दुइवटा वार्तालाप सुनौं-
कमलः वर्षाजी, तपाईंले मलाई चिनियाँ भाषाका यतिका धेरै कुराहरु सिकाउनुभएकोमा तपाईंलाई धेरै-धेरै धन्यवाद दिनचाहन्छु। अब हामी यस पाठमा सिकेका विषयहरु दोहर्याएर सिकौं।
वर्षाः शुरु गरौं। वो कै नी खाई तेन अर कान माउ याओ।
कमलः "वो कै नी खाई तेन अर कान माउ याओ"।, "म तपाईलाई केही रुघाको औषधी दिन्छु"।
वर्षाः "तेन अर" ,"अलिकति" ।
कमलः तेन अर।
वर्षाः "कान माउ याओ", "रुघाको औषधी"।
कमलः कान माउ याओ।
वर्षाः मै थेन ठ् ची छ्?
कमलः "मै थेन ठ् ची छ्?", "हरेक दिन कति पटक खाने?"
वर्षाः "मै थेन", "हरेक दिन"।
कमलः मै थेन।
वर्षाः "यी थेन सान छ्, मै छ् यी फेन"।, "दिनको तीन पटक, हरेक पटक एक चक्की खाने"।