तिब्बतको सीमा क्षेत्रमा तैनाथ सैनिकको प्रेम कथा
सबैभन्दा खतरनाक क्षेत्र १० मिटर लामो र १ मिटर चौडा बाटो थियो। वरिपरि चट्टानको उचाइ करिब ५० मिटर थियो। बेला बेलामा माथिबाट ढुंगा खसिरहेको थियो। मैले कमान्डरलाई सो बारे जानकारी गराएँ। तर कमान्डरले हामीलाई जसरी भए पनि पार गर्न आदेश दिए। किनकि सर्वसाधारणले हामीलाई पर्खिरहेका थिए। हामी हिम्मत जुटाएर तुरुन्तै दौडिएर पार गर्यौँ। केही सैनिक झण्डै झण्डै खाल्डोमा खसेका थिए।
सर्वसाधारण- उनीहरू आए। अब डराउनु पर्दैन, डराउनु पर्दैन। मुक्ति सेना आयो।
त्यस बेला हामीलाई ज्यादै थकाइ लागेको थियो। तर सर्वसाधारणले जनमुक्ति सेना आए अब डराउनु पर्दैन भन्दै हाम्रा बारेमा बोलेको कुरा र हामीप्रति गरेको भरोसा सुनेर निकै उत्साह जागृत भएको थियो। त्यसपछि हामीले त्यहाँको वस्तुस्थितिको जानकारी गराउँदै हेलिकप्टर पठाएर फसेका पीडित सर्वसाधारणको उद्धार गर्यौँ।
मातृभूमिको दक्षिण-पश्चिमी ढोकाको सुरक्षा कवचको हैसियतमा गौरव गर्दै वाङ युङले भन्नुभयो। परिवारको समर्थन र आफ्नो पेशाप्रतिको सम्मान र मायाका कारण २० वर्षदेखि निरन्तर काम गर्दैआएको छु।
मेरो सबैभन्दा दुर्लभ प्रेम अनुभव, सबैभन्दा दुर्लभ युवा समय, सबै यहाँ छ। यहाँ मैले धेरै सपनालाई साकार तुल्याएको छु। म यो ठाउँलाई माया गर्छु।