नेपाली

तिब्बतको सीमा क्षेत्रमा तैनाथ सैनिकको प्रेम कथा

criPublished: 2021-12-07 15:42:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हरेक वर्ष उच्च उचाइमा तैनाथ सैनिकसँग ७७ दिनको विदा हुने गर्छ। आफन्तले पनि तैनाथ क्षेत्रमा यात्रा गर्नपाइन्छ। तर उचाइका कारण गम्भीर बिरामी हुनसक्ने र सानो छोरो तथा बुवा-आमालाई हेरचाह गर्नुपर्ने भएकोले सन् २०१४ मा एकपटक मात्रै वाङ युङकी श्रीमती तिब्बत जानुभएको थियो।

कुरियर: यो श्री वाङले तपाईँलाई दिनुभएको फूल हो। हेर्नुहोस्। तपाईँलाई जन्मदिनको शुभकामना!

धन्यवाद

असफल प्रेम अनुभवले मलाई प्रभाव पारेको छ। हुलाकी कहिले आउँछ भन्ने नसोचिकनै हरेक साता चिट्ठी लेख्ने गर्दथेँ। श्रीमती, बुवा-आमा पनि, चिट्ठी लेखिरहनु हुन्छ। त्यसबाहेक, मैले केही रोमान्टिक कुराहर पनि सिर्जना गर्नुपर्छ। श्रीमतीको जन्मदिवस र महत्वपूर्ण महोत्सवमा मैले इन्टर्नेट वा साथीमार्फत श्रीमतीलाई फूल उपहार दिने गर्छु। उनलाई अचम्म लाग्छ, खुशी लाग्छ। मेरी श्रीमती अझै याद गर्छिन्, हनिमून अवधिमा, मैले उनलाई भालु-पुतली पठाएको थिएँ।

मलाई रोमान्टिक कुरा मन पर्छ। तर म सधैँ तिमीलाई सहयोग गर्छु। भविष्यमा धेरै खर्च गर्नुपर्दैन। घर फर्केर बुबा-आमासँगै खाना खाएमा मलाई सन्तोष लाग्ने छ।

श्रीमती कति राम्री छिन्। म हर्षविभोर हुन्छु।

श्रीमतीबाहेक वाङयुङको अर्को दुःखको कुरा भनेको छोरालाई साथ दिने समय निकै कम हुनु हो।

बुवा, तपाईँ कहिले फर्कनुहुन्छ? बुवालाई सधैँ सम्झने छु।

बाल्यकालदेखि मलाई यस्तो लागेको छ। सेनाबाट सेवानिवृत्त भएपछि बुबाले बाहिर काम गर्नुभएको थियो। हरेक वर्ष वसन्त चाडको अवसरमा मात्रै घर फर्कनुहुन्थ्यो। त्यसैले मैले बुबालाई सम्मान गरे तापनि हालसम्म बुबासँग वैचारिक आदानप्रदान गर्न संकोच लाग्छ।

यो अनुभवलाई दोहोर्‍याउन नदिनका लागि वाङयुङले सक्दो प्रयासमा भिडियोद्वारा छोरोसँग सम्पर्क गर्नुहुन्छ।

म भिडियोबाट उनीसँग सम्पर्क गर्छु र सकेसम्म हेरविचार पनि गर्छु। उनले म राम्रो बुवा भएको भन्छ र नराम्रो बुवा पनि भन्छ। म उनलाई दोष दिनसक्दिन। विदाको समयमा उनलाई साथ दिन्छु।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn