तिब्बतको सीमा क्षेत्रमा तैनाथ सैनिकको प्रेम कथा
सन् २००६ मा चुङछ्यो चे अर्थात् मध्य-शरद पर्वमा चीन र नेपालको सिमाना पुग्ने बितिकै सैनिक वाङ युङले प्रेमिकालाई चिट्ठी लेख्नुभयो। चिट्ठीमा उहाँले यी दिनहरूमा सम्पर्कविहिन हुनुको कारण फोनमा कुनै संकेत नभएको र भविष्यमा चिट्ठीद्वारा सम्पर्क गर्नुपर्ने कुरा लेख्नुभएको थियो। सन् २००७ को वसन्त चाडपछि वाङ युङले पनि प्रेमिकाको जवाफी चिट्ठी पाउनुभयो। तर यो ब्रेक अप चिट्ठी थियो। २३ वर्षीय वाङ युङको प्रेम असफल भएको थियो।
हाल पनि ३७ वर्षीय वाङ युङ ४ हजार ५ सय मिटर उचाइमा रहेको चीन-नेपाल सिमानामा तैनाथ हुनुहुन्छ। अहिले फरक कुरा के हो भने, उहाँ तिब्बत सैन्य क्षेत्रअन्तर्गत "लीच सिमाना तैनाथ मोडल कम्पनी" का प्रशिक्षक र एक ८ वर्षीय केटोको बुबा पनि हुनुहुन्छ।
शनयाङ सैनिक विद्यालयमा ३ वर्षको अध्ययनपछि छङ तु शहरमा २ वर्ष सैनिक तालिम लिएपछि उहाँले तिब्बतस्थित सिमाना क्षेत्रमा १५ वर्षदेखि सेवा गर्दैआउनुभएको छ। वाङ युङले २० वर्ष सैनिक सेवामा बिताइसक्नुभएको छ।
म यो कामलाई माया गर्छु। किनकि मेरा बुबा पनि सिमानामा तैनाथ सैनिक हुनुहुन्थ्यो। उहाँले चीन र उतर कोरियाबीचको सिमाना क्षेत्रमा ८ वर्ष काम गर्नुभयो। मेरो घरमा एउटा फोटो एल्बम छ। त्यस एल्मबममा पूरै बुबाको गश्ती तथा स्ट्यान्ड गार्ड गर्दाका फोटोहरू मात्र छन्। बाल्यकालदेखि नै बुबा ज्यादै महान भएको विचार लिएको थिएँ। त्यसैले मलाई पनि बाल्यकालदेखि नै सैनिक बन्ने इच्छा थियो। त्यसपछि परिवारसँग छलफल गरेर सेनामा भर्ना भएको थिएँ।
सन् २००६ मा तिब्बत जानुअघि वाङ युङको एक साताको विदा थियो। सो अवसरमा उहाँको घर फर्कँदा एकजना युवतीसँग परिचय भएको थियो। उहाँहरू चाँडै नै मायामा पर्नुभयो। त्यसपछि शिगाचेमा तालिम लिँदा वाङ युङले प्रेमिकासँग दैनिक सम्पर्क कायम राख्नुभयो। तर सिमानामा तैनाथ हुँदा मोबाइल फोनमा संकेत थिएन, ल्याण्ड लाइन टेलिफोन थिएन, हुलाक कार्यालयले १०-१५ दिनमा एकपटक चिट्ठी ल्याउँथ्यो। यसरी वाङ युङ र प्रेमिकाबीचको सम्पर्क टुट्यो। चार महिनापछि वाङ युङले चिट्ठी पाउनुभयो। चिट्ठीमा युवतीले लेखेकी थिइन्