तिब्बतको सीमा क्षेत्रमा तैनाथ सैनिकको प्रेम कथा
वाङ युङ कार्यरत् तिब्बती सैन्य क्षेत्रअन्तर्गत लीच सिमाना तैनाथ नमूना कम्पनी सन् १९६० मा स्थापना भएको हो। यो कम्पनीले २१ सीमा स्तम्भ, ३९ पास र ४८२ किलोमिटरको सीमा रेखाको सुरक्षा तथा गश्ती कार्यको जिम्मेवारी लिएको छ।
सेनाको तैनाथ क्षेत्रको उचाइ करिब ४५६० मिटर हुनुका साथै वर्षभरि करिब २०० दिन धेरै हावा चल्ने गर्छ।
यस्तो अल्पाइन हाइपोक्सिया अर्थात् उच्च अक्षांशको वातावरणमा उभिनु मात्र सामान्य रूपमा २० केजीको भारी सहनु जस्तै हो। हरेक वर्ष सैनिकहरूले १४० पटकभन्दा बढी पहाडी क्षेत्रमा गश्ती गर्नुपर्छ। सो क्षेत्रमा गाडी पुग्न नसक्ने हुनाले सैनिकहरूले हिँडेर गश्ती गर्नुपर्ने बाध्यता छ।
सन् २०१५ को अप्रिल २५ तारिख नेपालमा ८.१ रेक्टर स्केलको भयंकर भूकम्प गएको थियो। कम्पनीमा पहिलो टोलीको हैसियतमा वाङ युङले सिमानाको केरुङ जिल्ला पुगेर उद्धार गर्नुभएको थियो।
त्यस दिनको मध्यान्ह दुई बजेर दश मिनेट जाँदा ओछ्यान हल्लाएको थियो। लगभग तीन मिनेटमा हामी अधिकारीहरू बैठक बसेर केरूङमा उद्धारको विषयबारे छलफल गरेका थियौँ। पहिले म केरूङमा काम गरेको थिएँ। त्यहाँको भौगोलिक अवस्था तथा पहाडबारे मलाई अझ बढी थाहा छ। त्यसैले मैले सक्रिय रूपमा त्यहाँ पठाउन अनुरोध गरेको थिएँ।
लगभग बीस मिनेटपछि वाङ युङ र सैनिकहरू त्यहाँबाट प्रस्थान गरेका थिए।
रसुवा जाने बाटोमा धेरै चट्टान हुनुका साथै भूकम्पका कारण धेरै ध्वस्त भएको थियो। बाटोमा उनीहरूले जीवनकै एक कठिन परीक्षाको अनुभव गरेका थिए।
एक तर्फ चट्टान, अर्कोतर्फ पहाड थियो। यस्तो वातावरणमा हामीहरू १८ किलोमिटर हिँडेका थियौँ। केरूङमा धेरै वनस्पति भएका हुनाले बाटोभरि पातपतिङ्गर पनि धेरै थियो। एकजना सैनिक पातपतिङ्गरमा टेक्दा खाल्टोमा खस्न पुगेका थिए। सौभाग्यवश, उनले एउटा रूख समाएर ज्यान बचाएका थिए।