नेपाली

तिब्बतको सीमा क्षेत्रमा तैनाथ सैनिकको प्रेम कथा

criPublished: 2021-12-07 15:42:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिमीले राम्री युवती खोजेर मलाई सम्पर्क गर्ने छैन भन्ने विचार लिन्छु। मैले यो भावना र सम्बन्धलाई मनमा प्रगाढ रुपमा राखेकी छु। तर चार महिनाको एक्लोपन म सहन सक्दिँन। तिमीले राम्री युवती भेट्नेछौ भन्ने मेरो विश्वास छ। यसका लागि तिमीलाई शुभकामना दिन्छु

वाङ युङ ग्रामिण क्षेत्रमा जन्मिनु भएको हो। उहाँ पढ्दा बुबा-आमा सधैँ बाहिर काम गर्नुहुन्थ्यो। सन् २००७ को विदामा वाङ युङले स छ्वान प्रान्तीय क्वाङ आनमा कार्यरत् आमालाई भेट्नुभएको थियो। आमाले उहाँलाई एउटा युवतीसँग परिचय गराउनुभयो। यी युवती हाल वाङ युङकी श्रीमती हुनुहुन्छ।

ससुरा पनि सिमानातैनाथ सैनिक हुनुहुन्थ्यो। उहाँ चान च्याङस्थित नौ सेनामा हुनुहुन्थ्यो। उहाँले म पनि सिमाना तैनाथ सैनिक भन्ने थाहा पाउनु भएपछि मलाई धेरै आदर गर्नुहुन्छ।

दुईजनाको भेट दुवैलाई रमाइलो अनि राम्रो लाग्यो। तेस्रो दिन ससुराले वाङ युङसँगै खाना खानुभयो।

तिमी कहाँ बस्छौ?

होटेलमा बस्छु।

तिमीहरूलाई राम्रो लाग्छ भने मेरो घरमै बस्नु। तिमी सैनिकहरूलाई घर फर्कन गाह्रो पनि छ। एक आपसबीच कुराकानी गर्न तिमीहरूसँग अझ बढी समय हुनेछ।

फोटोग्राफर: दुलहीले आफ्नो शीर आफ्नो दुलाहातिर अलि झुकाउनुहोस्, र अझ बढी हाँस्नुहोस्

दोस्रो वर्षको विदामा वाङ युङले आफूलाई बुझ्ने युवती चङसँग विवाह दर्ता गर्नुभयो। विवाह भए तापनि मायाका लागि दूरी चुनौती थियो।

प्रेमिका, माफ माग्छु। म तिमो ऋणी छु।

तिमी स्वास्थ्यमाथि ध्यान दिनु, बाहिर राम्ररी काम गर्नु, र घरको जिम्मेवारी म सम्हाल्ने छु।

उनी निकै महान छन् । उनको परिवार पनि सैन्य परिवार भएका हुनाले उनले मलाई धेरै बुझेकी छिन्। म उनको ऋणी छु।

विवाह भए तापनि भावनाको लागि दूरी पनि चुनौती हो

सन् २००८ मा हाम्रो तैनाथ क्षेत्रमा एउटा स्याटलाइट टेलिफोन सञ्चालन भयो। एक मिनेटमा १.१ युआन शुल्क लाग्थ्यो। हामीले पालैपालो घरमा फोन गर्न थाल्यौँ। फोन सञ्चालन भएपछि सम्पर्क गर्न अझ सजिलो र राम्रो भयो।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn