नेपाली

नेपालमा बाढी, पहिरो र डुबानबाट १० वर्षमा १८ सयले गुमाए ज्यान

CRIPublished: 2024-07-12 16:23:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

त्रिभुवन विश्वविद्यालय भूगर्भ विभागका प्राध्यापक लालुप्रसाद पौडेल प्राकृतिक र मानवीय कारण बाढी, पहिरोलगायतका मनसुनजन्य विपद्का घटना हरेक वर्ष बढ्ने गरेको बताउनुहुन्छ । त्यसलाई रोकथाम गर्न सरकारी तवरबाटै प्रयास नहुँदा न्यूनीकरण गर्न नसकिएको उहाँको टिप्पणी छ । ‘बाढी, पहिरोको पहिलो कारण प्राकृतिक र त्यसमा पनि पानी हो, दोस्रो मानवीय हो,’ उहाँले भन्नुभयो, ‘अव्यवस्थित विकास निर्माणले गर्दा बाढी, पहिरोको जोखिम बढ्दै गएको छ, बिनाअध्ययन बाटोघाटो खन्ने प्रवृत्ति छ, डोजरवालाले जता भन्यो उतै सडक खन्ने प्रवृत्ति रोक्नुपर्छ ।’

विकास निर्माणका काम गर्नुपूर्व अध्ययन, अनुसन्धान गर्ने परिपाटी हुनुपर्ने उनको सुझाव छ । ‘बाढी, पहिरोको जोखिम भए पनि रोकथाम गर्ने र त्यसलाई टार्ने उपायहरू हुन्छन्,’ पौडेलले भन्नुभयो, ‘त्यसमा कुनै पनि तहको सरकारको चासो देखिँदैन ।’

जोखिमको सम्भावना रहेको स्थानमा सडक विस्तार गर्नेलगायत विकास निर्माणका काम गर्न नहुने र गर्नै परे पनि रोकथामका उपाय अपनाउन सकिने उहाँले औंल्याउनुभयो । प्राकृतिक रूपमै जोखिममा रहेका स्थानमा पानीको निकास दिनुपर्ने, बस्ती स्थानान्तरण र थोरै पानी चाहिने खेतीपाती गरे क्षति न्यूनीकरण गर्न सकिने उहाँले सुझाउनुभयो । त्यसका लागि सर्वसाधारणलाई सचेतना दिनुपर्ने उहाँको भनाइ छ।

首页上一页...2345 5

Share this story on

Messenger Pinterest LinkedIn