नेपाली

नेपालमा बाढी, पहिरो र डुबानबाट १० वर्षमा १८ सयले गुमाए ज्यान

CRIPublished: 2024-07-12 16:23:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मनसुनजन्य विपत्तिबाट एक दशकमा नेपालमा १ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन् । यो अवधिमा करिब ४ सय मानिस बेपत्ता र १ हजार ५ सयभन्दा बढी मानिस प्रकोपमा परी घाइते भएका छन् । हरेक वर्ष हिउँदमा डढेलो/आगलागी, हिमपात तथा सुक्खा पहिरो र वर्षातमा बाढी, पहिरो, डुबानलगायत विपत्तिबाट अकल्पनीय जनधनको क्षति हुने गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

विपत्तिसँग जुध्ने सरकारका प्रतिकार्ययोजना प्रभावकारी नहुँदा खासगरी वर्षायाममा यो समस्या दोहोरिँदै आएको छ । मनसुनको ठीक अघि हतारमा सरकारबाट ल्याइने प्रतिकार्ययोजना खोज उद्धार र राहत व्यवस्थापनमा मात्रै सीमित हुने गरेको छ । दीर्घकालीन र नीतिगत सुधारसहितका कार्ययोजना तर्जुमा गर्नुपर्नेमा सरकार गम्भीर देखिएको छैन ।

यो वर्ष मनसुन सुरु भएयता बाढी, पहिरो र डुबानबाट ८८ ले ज्यान गुमाएका छन् । कतिपय क्षति सरकारले सुरुमै पहल गर्न नसक्दा निम्तिएका छन् । नदी तथा खोला किनार अतिक्रमण गरेर बसेका बस्ती व्यवस्थापन होस् वा बाढी र पहिरोबाट जोखिममा परेका बस्ती स्थानान्तरण, यी काममा सरकारको पहल प्रभावकारी बन्न सकेको छैन ।

खासगरी हिमाली र पहाडी भेगमा पहिरो तथा काठमाडौँ उपत्यका सहित तराई/मधेसमा बाढी र डुबानले बर्सेनि जनधनको क्षति गरेको छ । गृह मन्त्रालयका अनुसार २०७२ यता प्रकोपबाट १ हजार ८ सय ४८ जनाको ज्यान गएको छ । ३ सय ९८ जना अझै बेपत्ता छन् ।

गत वर्ष प्रकोपबाट ७० जनाले ज्यान गुमाएका थिए । गएको वर्षको मानवीय क्षतिभन्दा यो पटक मनसुन सुरु भएयताको क्षति बढी छ । विज्ञहरूले साबिकभन्दा वर्षात धेरै हुने अनुमानसहित विपद्का घटना पनि बढ्न सक्ने चेतावनी बेलैमा दिए पनि त्यसअनुसार कार्ययोजना लागू हुन सकेन । एक दशकमा प्रकोपबाट मानवीय मात्रै होइन, सर्वसाधारणले गुमाएको धनमालको क्षतिको अवस्था पनि विकराल छ ।

1234...全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn