नेपाली

नेपालमा बाढी, पहिरो र डुबानबाट १० वर्षमा १८ सयले गुमाए ज्यान

CRIPublished: 2024-07-12 16:23:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बाढी, पहिरो र डुबानजन्य प्रकोपबाट यो अवधिमा २ अर्ब ६० करोड ७६ लाख रुपैयाँ बराबर धनमाल नष्ट भएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकअनुसार विपद्जन्य साढे २१ हजार घटनाबाट दशकमा ७७ लाख परिवार प्रत्यक्ष/परोक्ष रूपमा प्रभावित बनेका छन् ।

२०७७ सालमा प्रकोपबाट सबैभन्दा बढी ३ सय ५८ जनाले ज्यान गुमाएका थिए । गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसाल वर्षातमा पहिरोले सबैभन्दा बढी क्षति पुर्‍याउने गरेको बताउनुहुन्छ। प्रकोप–नियन्त्रण र प्रकोपपछिको खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकार सक्रिय रहे पनि प्रकोप कसैको नियन्त्रणमा नहुँदा कतिपय क्षति सरकारको नियन्त्रणभन्दा बाहिर रहने उहाँले बताउनुभयो।

‘बाढीबाट हुने क्षति क्रमशः घट्दै गएको छ तर पहिरोबाट क्षति कम गर्न स्थानीय तह र स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय) को साथ सहयोग लिएर गृह मन्त्रालयले काम गरिरहेको छ,’ उहाँले भन्नुभयो । यो वर्ष गएको जेठ २८ गतेदेखि बाढी, पहिरोलगायतका घटनामा परी काठमाडौँ उपत्यकामा १, कोशी प्रदेशमा १९, मधेशमा ४, वाग्मतीमा ५, गण्डकीमा २५, लुम्बिनीमा २३, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ जनाले ज्यान गुमाएका छन् । काठमाडौँ उपत्यकामा ३, कोशी प्रदेशमा ३१, मधेसमा ७, वाग्मतीमा ४, गण्डकीमा २६, लुम्बिनीमा ९, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लामा १९ जना गरी १ सय ६ जना घाइते भएका छन् । ५ जना बेपत्ता छन् । १ सय ६१ घर डुबानमा परेका छन् । ९४ घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । मनसुनजन्य विपद्मा २ हजार २ सय ९६ घरपरिवार विस्थापित भएका छन् ।

आव २०७२/७३ को वर्षायाममा १ सय ३५, ०७३/७४ मा २ सय ५७, ०७४/७५ मा २ सय ५४, ०७५/७६ मा १ सय २२, ०७६/७७ मा १ सय ६५, ०७८/७९ मा २ सय ७६, ०७९/८० मा १ सय २३ र आव २०८०/८१ मा ७० जनाको ज्यान गएको थियो । गृह मन्त्रालयका सहसचिव भुसालले सर्वेक्षणबाट जोखिमयुक्त भनी किटान गरेका भन्दा फरक स्थानमा प्रकोपका घटना भएको बताउनुभयो ।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn