गरिबी निवारणमा चिनियाँ विधिहरु
जनतामा केन्द्रित विकास नै गरिबी निवारणमा चीनले अँगालेको मौलिक सिद्धान्त हो। अनि गरिबी उन्मुलन, जनताको गुणस्तरीय जीवनयापन र जनतालाई साझा समृद्धिको महसुस गराउनु नै समाजवादको अनिवार्य आवश्यकता रहेको भन्दै सीपीसीको शासकीय उद्देश्यमा उल्लेख छ। चीनमा गरिबीलाई प्रभावकारी रुपमा घटाउन चीन सफल हुनुको मुख्य कारण चीनको सामाजिक अवस्था र प्रणालीमा रहेको विशाल चालक शक्ति हो। यसलाई चीनको वास्तविक अवस्थाका रुपमा व्याख्या गर्न सकिन्छ।
गरिबी निवारणका लागि चीनले अन्य देशहरूसँगको आपसी सहयोग र अनुभवलाई पनि अङ्गिकार गरेको छ। चीनको गरिबी न्युनीकरण प्रक्रियाको प्रवर्द्धन अन्तर्राष्ट्रिय समर्थनमा निर्भर छ र चीनको गरिबी निवारण सिद्धान्तले विश्वव्यापी गरिबी विरोधी सिद्धान्तमा जीन समावेश गरेको छ। गरिबी निवारणबाट प्राप्त प्रतिफल अवशोषित र स्थानीय नवीनताका लागि राष्ट्रिय सर्तहरूमा अन्योन्याश्रित रहेको छ। यो पक्षलाई चीनले गरिबी निवारणमा अन्तर्राष्ट्रिय सहकार्यका रुपमा व्याख्या गरेको छ।
जन गणतन्त्र चीनको स्थापनाको सुरुका दिनमा चीनले भूमि प्रणालीमा सुधार लागु गरेर ग्रामीण क्षेत्रको गरिबी अवस्थालाई कम गर्ने उद्देश्यका साथमा ठूलो मात्रामा कृषि निर्माणका काम गरेको थियो। सन् १९७८ मा चीनले ग्रामीण क्षेत्रमा आवास दायित्व करार प्रणाली लागु गर्यो र सन १९७९ मा ग्रामीण क्षेत्रमा स्वव्यवस्थापन लागु भयो। सन् १९९४ मै चीनले ८ करोड लक्षित गरिब जनसङ्ख्यालाई ७ वर्षभित्र गरिबीबाट मुक्त गर्ने योजना सुरू गरेको थियो। क्रमशः सन् २००१ मा ग्रामीण गरिबी उन्मुलन र विकासको रूपरेखा लागु गरियो। यी नीतिहरूलाई विश्लेषण गर्दा चीनसँग गरिबी निवारणमा निकै लामो अभ्यास र अनुभवहरुका विभिन्न चरणहरु छन्।