गरिबी निवारणमा चिनियाँ विधिहरु
चीनले एक वर्ष अगाडि सन् २०२१ को फेब्रुअरी २५ तारिखमा सम्पूर्ण रुपमा गरिबी निवारण भएको घोषणा गरेको गर्यो। सन् २०२० भित्र समूल रुपमा गरिबी निवारण गर्ने महत्वाकांक्षी कार्योजना चीनले सन् २०१५ मै घोषणा गरेको थियो।
चीनको उक्त घोषणालाई कोभिड महामारीले असर गर्ने र समूल रुपमा गरिबीबाट उठ्न चीन नसक्ने अनुमान विश्वजगतका अर्थविदहरुले गरिरहेका थिए। तर चीनले पूर्वयोजना मुताबिक नै समूल रुपमा गरिबी निवारणको घोषणा गरेर अर्थतन्त्रका ज्योतिषीलाई आश्चर्य बनाएको छ।
सी चिनफिङ सत्तामा आएपछि मात्र चीनले ९ करोड ८९ लाख ९० हजार गरिब चिनियाँ नागरिकलाई गरिबीबाट मुक्त गराइएको छ। चीनभरका ८३२ वटा काउन्टीलाई गरिबीको सूचिबाट हटाइएको छ भने र १ लाख २८ हजार गाउँहरू गरिबीबाट मुक्त भएका छन्।
संयुक्त राष्ट्रसंघले निर्धारण गरेको सहश्राब्दी विकास लक्ष्यलाई दस वर्ष अगाडि नै चीनले पूरा गरेर विश्व गरिबी निवारणमा ७० प्रतिशत योगदान दिएको छ। चीनले प्राप्त गरेको यो उपलब्धिलाई अन्तर्राष्ट्रिय सञ्चारजगतले २१ औं शताब्दीमा विश्वकै सबैभन्दा महान कथाहरूमध्ये एक मानेका छन्।
चीनले यस्तो उपलब्धि प्राप्त गर्नका लागि केकस्ता विधिहरु अँगाल्यो? गरिबी निवारणमा चीनसँग केकस्तो जादूको छडी छ? यो विषयमा विश्वजगतको चासो रहेको छ। चीनले पनि आफ्ना अनुभवहरुलाई बाँड्दै आएको छ। यस आलेखमा गरिबी निवारणमा केही चिनियाँ विधिको छोटकरीमा चर्चा गरिएको छ।
सन् २०१२ पछि चीनले गरिबी निवारणका लागि असाधारण नीतिगत उपायहरूको शृङ्खलात्मक प्रस्तुतिमा प्रभावकारी नीति प्रणाली, कार्यप्रणाली र संस्थागत प्रणालीहरू बनाएर कार्यान्वयन सुरु गर्न थालेको हो। चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका महासचिवमा निर्वाचित हुनासाथ सी चिनफिङले गरिबी उन्मुलन, जनताको गुणस्तरीय जीवन यापन र क्रमशः साझा समृद्धिको कार्यान्वयन गर्नु नै समाजवादको अनिवार्य आवश्यकता रहेको र सीपीसीको महत्त्वपूर्ण कार्यभार भएको बताउनु भएको थियो।