गरिबी निवारणमा चिनियाँ विधिहरु
विद्यालय अध्ययनलाई बीचमा छोडेका गरिब २ लाख विद्यार्थीहरूलाई पुनः विद्यालयमा फर्काइएको छ। सन् २०१९ मा चीनमा ९ वर्षको अनिवार्य शिक्षा पाउने किशोरकिशोरीको दर ९४.८ प्रतिशत पुगेको छ। सन् २०१५ यता, चीनले गरिबीमा दर्ता भएका ११ लाख महिलाहरुलाई लघुवित्त ऋणको रूपमा ६१ अर्ब चिनियाँ युआन बराबर प्रदान गरेको थियो जसले ४० लाखभन्दा बढी गरिब महिलालाई व्यवसायका माध्यमबाट आयआर्जन बढाउन सहयोग गरेको थियो।
गरिबी निवारणको चौथो विधि‘पर्यावरण मैत्री’अन्वेषण कार्य हो। चीनमा ८० प्रतिशतभन्दा बढी गरिब जिल्लाको पर्यावरणीय अवस्था कमजोर छ। सन् २०१५ देखि चीनले १ करोड मानिसहरूलाई उच्च हिमाली क्षेत्र र प्रकोपग्रस्त तथा नाजुक पर्यावरणीय क्षेत्रबाट नजिकैका बजार क्षेत्रमा र गाउँहरूमा सार्नुका साथै पूर्ण रोजगारीको व्यवस्था गरेको छ। सन् २०१६ यता चीनका मध्य र पश्चिमी क्षेत्रका गरिब मानिसहरू जोसँग काम गर्न सक्ने क्षमता छ उनीहरुमध्ये ११ लाख २ हजार मानिसलाई पर्यावरणीय वन रेन्जरका रूपमा भर्ती गरिएको छ। दाउरेलाई वन रेन्जर र गोठालालाई वन संरक्षक बनाएपछि वनजङ्गलको संरक्षण पनि प्रभावकारी रुपमा भएको छ।
गरिबी निवारणमा चीनले अपनाएको पाँचौँ विधि हो सामाजिक सुरक्षाका लागि विशाल ‘सुरक्षासंजाल’को निर्माण। यस संजालमा करीव २ करोड गरिबहरूले दैनिक जीवनका लागि न्युनतम प्रत्याभूति भत्ता र विशेष कठिनाइ आर्थिक सहायता सहयोग प्राप्त गर्ने गर्छन्। २ करोड ४० लाखभन्दा बढी अति आवश्यक तथा अशक्त व्यक्तिहरूले दैनिक जीवन र जिविकाका लागि आर्थिक सहायता पनि यही संजालमार्फत प्राप्त गर्दछन्।
सन् २०१४ मा प्रकाशित तथ्याङ्क अनुसार ४२.२ प्रतिशत चिनियाँहरु रोगका कारण, ३५.४ प्रतिशत आर्थिक पूँजी अभावका कारण, २२.३ प्रतिशत प्रविधिको अभावका कारण, १६.८ प्रतिशत श्रम अभावका कारण र १० प्रतिशतभन्दा कम मानिस पढाइ, अशक्तता र अन्य कारणले गरिब बनेका थिए।
गरिबी निवारणमा सबैभन्दा कठिन खोजको विषय नै के कारणले गरिब बन्यो भनेर पत्ता लगाउनु हो। चीनले यो कडी पत्ता लगाएपछि त्यही अनुसार कार्यविधि बनाएर गरिबी निवारण गरेपछि त्यो व्यक्ति फेरि गरिबीको कुचक्रमा पर्ने संभावना रहँदैन।
साभार: नेपाल भ्युज अनलाइन।