तिब्बती ग्रामीण महिला चिकित्सक आङचो
चीनको तिब्बत स्वायत्त प्रदेशीय आली क्षेत्र जनसंख्या वितरणका हिसाबले विश्वको सबभन्दा दुर्लभ क्षेत्र मध्येको एक हो। तीन लाख चालीस हजार वर्गकिलोमिटरभन्दा ठूलो क्षेत्रमा जम्मा दश हजार मानिस बसेका छन्। यसरी नै स्थानीय बासिन्दा विशेष गरी पशुपालकले चिकित्सक सेवा पाउन निकै गाह्रो छ। आङचो स्थानीय ग्रामीण महिला डाक्टरमध्यको एक हुनुहुन्छ।
आङचोको घर आलीको गार जिल्लाको शछ्युआनह टाउनको लुमा गाउँमा पर्छ। एकचालीस वर्षअघि माध्यमिक स्कूलबाट स्नातक भएपछि उहाँ चिकित्साविज्ञान पढ्न थाल्नुभयो। त्यति बेला चीनको शिक्षा प्रणाली विशेष गरी चिकित्सा शिक्षा निकै अव्यवस्थित थियो। आङचोले आली क्षेत्रमा धेरै पटक चिकित्सा तालिम लिएपछि जन्मथलोमा "खाली खुट्टे डाक्टर" बन्नुभयो। त्यतिबेला "खाली खुट्टे डाक्टर" भनेको के हो भने तलव सुविधा नलिकन सेवा प्रदान गर्नु रहेको थियो। त्यतिबेला कामदार र किसान पनि हुनुपर्थ्यो डाक्टरले।
सन् 1980 मा तेइस वर्षीय आङचोले लुमा गाउँमा विवाह गर्नुभयो। केही चिकित्सा ज्ञान रहेकोले उहाँ स्थानीय "खाली खुट्टे डाक्टर" बन्नुभयो। स्थानीय गाउँलेलाई रुघा जस्तो सामान्य रोग लाग्दा उहाँकहाँ गएर औषधि उपचार माग्न थाले। गम्भीर रोग लाग्दा उहाँ आफूले रोगीको घर गएर उपचार गर्नुहुन्थ्यो।
आङचोले चिकित्सक भएको तीस वर्षभन्दा बढी समयमा थुप्रै अविस्मरणीय घटना र अनुभव सँगाल्नु भएको छ। उहाँलाई सबभन्दा गहिरो याद आउने एउटा घटना सुनाउनुभयो। दश वर्षभन्दा अगाडि गाउँको एक बच्चालाई तातोपानीले पोल्यो। उहाँ नदी तरेर बच्चाको घरमा जानुभयो। बच्चालाई आकस्मिक रुपमा रगत दिनुपर्ने अवस्था थियो। उहाँले आफैँले बच्चालाई रगत दिनुभयो। त्यसरी ती बच्चाको ज्यान बचाउर उहाँले उपचार गर्नुभयो। त्यसपछि आङचोको चिकित्सा प्रबिधि र निष्ठाबारे चर्चा गर्दै गाउँलेले उच्च मूल्याङ्कन गर्न थाले। स्थानीय छ्याङ बायाङ चनले भन्नुभयो—आवाज एक