नेपाली

तिब्बती ग्रामीण महिला चिकित्सक आङचो

CRIPublished: 2015-08-31 10:55:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको तिब्बत स्वायत्त प्रदेशीय आली क्षेत्र जनसंख्या वितरणका हिसाबले विश्वको सबभन्दा दुर्लभ क्षेत्र मध्येको एक हो। तीन लाख चालीस हजार वर्गकिलोमिटरभन्दा ठूलो क्षेत्रमा जम्मा दश हजार मानिस बसेका छन्। यसरी नै स्थानीय बासिन्दा विशेष गरी पशुपालकले चिकित्सक सेवा पाउन निकै गाह्रो छ। आङचो स्थानीय ग्रामीण महिला डाक्टरमध्यको एक हुनुहुन्छ।

आङचोको घर आलीको गार जिल्लाको शछ्युआनह टाउनको लुमा गाउँमा पर्छ। एकचालीस वर्षअघि माध्यमिक स्कूलबाट स्नातक भएपछि उहाँ चिकित्साविज्ञान पढ्न थाल्नुभयो। त्यति बेला चीनको शिक्षा प्रणाली विशेष गरी चिकित्सा शिक्षा निकै अव्यवस्थित थियो। आङचोले आली क्षेत्रमा धेरै पटक चिकित्सा तालिम लिएपछि जन्मथलोमा "खाली खुट्टे डाक्टर" बन्नुभयो। त्यतिबेला "खाली खुट्टे डाक्टर" भनेको के हो भने तलव सुविधा नलिकन सेवा प्रदान गर्नु रहेको थियो। त्यतिबेला कामदार र किसान पनि हुनुपर्थ्यो डाक्टरले।

सन् 1980 मा तेइस वर्षीय आङचोले लुमा गाउँमा विवाह गर्नुभयो। केही चिकित्सा ज्ञान रहेकोले उहाँ स्थानीय "खाली खुट्टे डाक्टर" बन्नुभयो। स्थानीय गाउँलेलाई रुघा जस्तो सामान्य रोग लाग्दा उहाँकहाँ गएर औषधि उपचार माग्न थाले। गम्भीर रोग लाग्दा उहाँ आफूले रोगीको घर गएर उपचार गर्नुहुन्थ्यो।

आङचोले चिकित्सक भएको तीस वर्षभन्दा बढी समयमा थुप्रै अविस्मरणीय घटना र अनुभव सँगाल्नु भएको छ। उहाँलाई सबभन्दा गहिरो याद आउने एउटा घटना सुनाउनुभयो। दश वर्षभन्दा अगाडि गाउँको एक बच्चालाई तातोपानीले पोल्यो। उहाँ नदी तरेर बच्चाको घरमा जानुभयो। बच्चालाई आकस्मिक रुपमा रगत दिनुपर्ने अवस्था थियो। उहाँले आफैँले बच्चालाई रगत दिनुभयो। त्यसरी ती बच्चाको ज्यान बचाउर उहाँले उपचार गर्नुभयो। त्यसपछि आङचोको चिकित्सा प्रबिधि र निष्ठाबारे चर्चा गर्दै गाउँलेले उच्च मूल्याङ्कन गर्न थाले। स्थानीय छ्याङ बायाङ चनले भन्नुभयो—आवाज एक

किशोरी अवस्थामा मेरो नियमित रुपमा गर्भपतन हुन्थ्यो। एक चोटि म गर्भवती भएको केही महिना भएको थियो। म बच्चा जन्माउने कुराले धेरै खुशी थिएँ तर अन्तमा फेरि गर्भपतन भयो। यहाँको जीवन अवस्था अत्यन्त कठिन छ। गर्भवती महिलालाई पोषणको अभाव छ। सौभाग्यवस मैले डाक्टर आङचोको परामर्श लिन पाएँ। म सुचारु रुपमा फेरि गर्भवती भएँ। अहिले मेरा दुई बच्चा छन्।

वास्तवमा लुमा गाउँको चिकित्सा अवस्था निकै सरल तथा घरायसी छ। त्यहाँ पेनिसिलिन जस्तो सरल औषधि मात्र उपलब्ध छ। गाउँमा गम्भीर विरामी वा संक्रामक हुँदा उहाँले तुरुन्तै माथिल्लो तहका चिकित्सा विभागलाई रिपोर्ट गर्नुपर्छ। त्यो भए आङचोले आफ्नो अनुभवबमोजिम आफ्नो प्रस्ताव र सरल औषधि मात्रै दिन सक्नुहुन्छ। उहाँले भन्नुभयो—आवाज दुई

हामीले दिएको औषधि सरकारले वितरण गरेको हो। उदाहरणको लागि मेरो गाउँमा एक सय पाँच परिवारका जम्मा तीन सय सतसठ्ठी मानिस छन्। प्रतिव्यक्तिको दुई सय युआनभन्दा बढीको चिकित्सा भत्ता छ। हरेक व्यक्तिको रेकर्ड यहाँको नोटबुकमा छ। वर्षको अन्तमा निश्चित भत्ता नाघेको खर्च गाउँले आफैँले तिनुपर्छ। उदाहरणको लागि मैले एमोक्सोसिलिन खानुपर्छ भनेर सिफारिस गरेपछि खर्च थोरै हुन्छ। मैले हस्ताक्षर गरेपछि हुन्छ र वर्षको अन्तमा एकै चोटि हिसाब हुन्छ।

आङचोका धेरै नोटबुक छन् त्यसमा हरेक गाउँलेको नाम र तिरिसकेको औषधिको नाम स्पष्ट रुपमा लेखिएको छ। यदि संक्रामक रोग भेटिएमा उहाँले दुई घण्टाभित्र गाउँ चिकित्सा विभागलाई रिपोर्ट गर्नुपर्छ र चार घण्टाभित्र जिल्लालाई रिपोर्ट गर्नुपर्छ। गम्भीर संक्रमक रोग जस्तो भनौँ महामारी भेटिएमा एक घण्टाभित्र माथिल्लो तहलाई रिपोर्ट गर्नुपर्छ। पहिला उहाँले छिमेकी गाउँमा महामारी जस्तो अवस्था देख्नुभयो। उहाँले तुरुन्तै विशेषज्ञ टोली माग्न माथिल्लो तहलाई आग्रह गर्नुभयो। नयाँ महामारी अवस्था भेटिएमा संक्रमित व्यक्तिलाई अलग्गै राख्नुपर्छ। उहाँले जानकारी दिनुभयो—आवाज तीन

चिकित्सा अवस्था सीमित भएकोले सामान्यतः मैले अनुभवबमोजिम उपचार गर्छु। सरकारले पैचिङबाट डाक्टर पठाएर हामीलाई चिकित्सा ज्ञान सिकाएको छ। गाउँलेको घरबीच टाढा भएकोले म जस्तो डाक्टर चार जना छन्। म 57 वर्षकी भएँ। अर्का एकजना सत्तरी वर्षका भन्दा बूढो हुनुहुन्छ। अरु दुई जना युवा छन् बाइस वर्षीका र तेँतीस वर्षीका। उनीहरु उच्च माध्यमिक स्कूल जान पाउन नसक्ने बच्चा थिए। गाउँलेको मतदानबाट छानिएर आली क्षेत्रमा तालिम लिएपछि गाउँको चिकित्सा केन्द्रमा जाखिर खान सुरु गरेका हुन्।

ग्रामीण चिकित्साको रुपमा रहेको आङचो चीनको खाली खुट्टे डाक्टर जस्तो गाउँलेलाई चिकित्सा समस्याको समाधान गर्न सहयोग गर्ने वापत हरेक महिना सरकारबाट एक हजार युआनको भत्ता लिनहुन्छ। उहाँले आफ्नो परिवारलाई खुवाउनुपर्छ। उहाँको घरमा जग्गा छ, साथै एक सय बीस खसी, अठार चौँरी गाइ पाल्नुभएको छ। यसबाहेक उहाँको चाम्बा कारखाना पनि संचालन गर्नुहुन्छ। हरेक विहान छ बजे उहाँ उठेपछि दिनभरि व्यस्त हुनुहुन्छ।

कम आय गाह्रो जीवन नै लुमा गाउँलगायत आली क्षेत्रका सबै गाउँलेको समस्या हो। बाहिरबाट पेशागत डाक्टर बोलाउन गाह्रो छ। घर नजिक पेशागत चिकित्सक बसेमा चिकित्सा केन्द्र स्थापित हुने स्थानीय बासिन्दाको अपेक्षा रहेको छ। त्यसबारे चर्चा गर्दै लुमा गाउँका लागि गार जिल्ला सरकारको अधिकारी लोसाङले भन्नुभयो—आवाज चार

सन् 2012 देखि तिब्बतका विभिन्न तहका सरकारले दुई लाख युआन लगाएर गाउँलेको जीवनस्तर उकास्न थाल्यो। लुमा गाउँका केही परियोजना अहिले तयारी भइरहेको छ। दूग्धव्यवसायका लागि गाई पालन र बाटो निर्माणलाई उदाहरणका रुपाम लिन सकिन्छ। चिकित्सा अवस्था साँचिकै दयनीय छ। एकातिर यो वर्तमानको प्रमुख कार्य होइन भने अर्कातिर विभिन्न तहबीच स्वीकृति कार्य निकै जटिल छ। तर गाउँ स्तरीय चिकित्सा गुणस्तर निश्चित भइसकेको छ। लुमा गाउँको चिकित्सा अफिस यसै वर्षमा स्थापना भइसकेको छ। तर भित्री भूमिबाट किनेको चिकित्सा प्रबन्ध अहिले यहाँ आइपुगेको छैन।

गाउँको चिकित्सा अवस्थाबारे चर्चा गर्दै लुमा गाउँका जिम्मेवार व्यक्ति च्याङफै छिरिङले भन्नुभयो—आवाज पाँच

केही वर्षयता लुमा गाउँमा ठूलो परिवर्तन भएको छ। पहिला जिल्लाको चिकित्सा प्रबन्ध राम्रो थिएन, अहिले गाउँमा डाक्टरदेखि चिकित्सा अवस्थासम्म ठूलो विकास भएको छ। हरेक वर्ष गाउँमा चिकित्सा तालिम छ जसबाट चिकित्सकको प्रविधि उकास्न सहयोग पुगेको छ। पहिला विरामी हुँदा आली क्षेत्र पुग्दा मात्रै डाक्टर भेट्नसकिन्थ्यो। अहिले अपरेशनबाहेक अरु सबै समस्या गाउँको चिकित्सा केन्द्रमै समाधान हुन थालेको छ। उनीहरुले जिल्लाबाट औषधि ल्याएर गाउँलेलाई उपचार गर्छन्। गाउँ सरकारले पनि अरु नयाँ ज्ञान सिक्न चिकित्सकलाई उत्साह गरिरहेको छ।

अन्तर्वार्ताको अन्तमा हामीले आङचोलाई सोध्यौँ तपाईँको विचारमा आफू किसान-पशुपालक वा चिकित्सक के हो? आङचोले धेरै प्रमाणपत्र र उदाहरण देखाँदै दृढताका साथ जवाफ दिनुभयो म चिकित्सक हुँ। उहाँको विचारमा ती प्रमाणपत्र र उदाहरणले चिकित्सक भएको चालीस वर्षभन्दा लामो समययता उहाँको चिकित्सा प्रबन्ध र त्यो पेशामा निष्ठा देखाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn