युवा लामा साङपुको कथा
लामा साङपुका अनुसार, लामाले धर्मशास्त्र पढ्नेबाहेक सरकारी धर्म व्यवस्थापन विभागबाट वितरण गरिने धार्मिक पेशागत प्रमाणपत्र लिनुपर्छ। उहाँले जानकारी दिनुभयो—आवाज छ
हाम्रो गुम्बामा जम्मा तेह्रजना लामा छन्। तीमध्ये धार्मिक पेशागत प्रमाणपत्र पाएका छ जना मात्रै छन्। प्रमाणपत्र पाउनका लागि तिब्बत स्वायत्त प्रदेशीय बौद्ध संस्थानमा दुई तीन महिनासम्म पढ्नुपर्छ। म पनि गएको थिएँ तर पढेपछि फर्केँ। अहिले गुम्बामा सदस्य थोरै छन्। सबभन्दा जेठो लामा अहिले पचास वर्षको हुनुभयो। अरु सबै युवा छन्। यदि पढ्न नपाएमा अझै उच्च तहको धर्मशास्त्र पढ्ने अवसर पनि प्राप्त हुँदैन।
गुम्बाको जीवनभन्दा धर्मशास्त्रको पढाइमा लामा साङपुलाई अझै धेरै रुचि लाग्छ। गुम्बाको जीवन सरल भए पनि उहाँलाई आफ्नो अवस्थाबारे निकै सन्तोष लागेको जस्तो देखिन्छ। उहाँले भन्नुभयो—आवाज सात
गुम्बामा मैले मोबाइफोन पनि प्रयोग गर्न सक्छु। बुवा-आमासँग सम्पर्क गर्नसक्छु, सामान्यतः टेलिभिजन पनि हेर्ने गर्छु। गुम्बामा पढ्नु मेरो विश्वास हो तर काम होइन। त्यसैले गीत गाउने जस्तो रुचि भए पनि दत्तचित्त भएर धर्मशास्त्र पढ्ने मेरो मुख्य काम हो। गुम्बा आउनुअघिका केही सहपाठी र साथीमध्ये कोहीले भित्री भूमिमा शिक्षा लिन गए वा रोजगार पाएका छन्। कोहीले मोटरसाइकल किने, तर मेरो विचारमा हामीबीच कुनै फरक छैन। चार वर्षभित्र मैले तीनवटा किताब जम्मा गरी चालीस सेन्टिमिटर मोटाइको धर्मशास्त्र पढेँ।
खच्या गुम्बा फुलान जिल्लाभन्दा अठार किलोमिटर टाढा छ। त्यो चीन सरकारबाट निश्चित भएको पहिलो चरणको राष्ट्रिय मुख्य सांस्कृतिक अवशेष संरक्षण एकाइमध्येको एक हो। तिब्बती बौद्ध धर्मको प्रसिद्ध हजारौँ वर्ष पुरानो गुम्बाको रुपमा रहेको खच्या गुम्बामा हरेक वर्ष चालीस हजार पर्यटक पुग्ने गर्छन्। तीमध्ये धेरैजसो विदेशी पर्यटक फुलानमा व्यापार गरेका नेपाली तथा फुलानमा तीर्थयात्रा गर्न आएका भारतीय तीर्थयात्री हुन्।